शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्माको हवाला दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत

समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर दिइएको खबरले राजनीतिक माहौल फेरि तातेको छ ।

स्थानीय तहको निर्वाचनमा भएको पराजयलाई अहिलेसम्म स्वीकार्न नसकेको एमाले नेतृत्वले बजेट भाषणलगत्तै अन्य दलका

नेतालाई प्रधानमन्त्रीको अफर दिनु आफैँमा अचम्मको विषय बनेको खुमलटार र कोटेश्वर निकट स्रोतले बताएको छ ।

स्थानीय तहको निर्वाचनमा दुई तिहाई पालिकामा विजयी हुने र आगामी प्रदेश तथा संसदीय निर्वाचनमा स्पष्ट बहुमत ल्याउने उद्घोष

गर्दै आउनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँका अति विश्वासपात्रहरु यसबीच उग्र भाषण गर्न केही हच्किनुभएको छ ।

भलै गत बिहीबार संसद बैठकमा ओलीले तीन घण्टासम्म आफू र आफ्नो दलबाहेक अरुलाई छारष्ट गर्न बाँकी राख्नुभएन ।

नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत पाँच दलबीच भएको चुनावी तालमेलका कारण एमालेले विगतको तुलनामा झण्डै एक सय पालिकाको नेतृत्व गुमाएको छ ।

हिजो चुनावी उद्देश्यले ओतप्रोत बजेट सार्वजनिक गरिएको छ । आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले पुनः तालमेल गरेर चुनाव लड्ने भएपछि

एमाले अध्यक्ष ओली र नेतृत्वले फुटाऊ र राज गरको सिद्धान्त अंगाल्दै प्रचण्ड र नेपाललाई प्रधानमन्त्रीको अफर गरेको अनुमान केहीले लगाएका छन् ।

शनिवारको संसद बैठकमा स्वयम् माओवादी अध्यक्ष दाहालले अध्यक्ष ओलीलाई स्पष्ट भाषामा पुनः प्रधानमन्त्री बनेर देखाउन खुल्ला चुनौती दिनुभएको थियो ।

उहाँले ओलीलाई पहिलो पटक र दोस्रो पटक प्रधानमन्त्री हुँदाको आधारवारे निधार खुम्चाएर सोच्न र वास्तविकता नबिर्सन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामा जित हासिल गरेको नेपाली कांग्रेस (वीपी) ले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि भने ५९ मत मात्रै पाएको छ ।

नेपाली कांग्रेस त्यागेका नेताहरुले स्थापना गरेको सो पार्टीका तर्फबाट महामन्त्री भक्तराज भूसाल काठमाडौं महानगरको प्रमुखमा प्रतिस्पर्धी थिए ।

करुवा चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका उनले जम्मा ५९ मत ल्याए । मतपरिणाम आएपछि भूसालले विज्ञप्ति जारी गरेर लोकतान्त्रिक प्रतिस्पर्धामा

हुने हारजितलाई आफूले स्वभाविक रुपमा लिएको प्रतिक्रिया दिएका थिए । उपमेयरमा भने नेपाली कांग्रेस (वीपी) की उम्मेदवार ईन्दिरा अधिकारीले १ सय ५२ मत ल्याइन् ।

प्रधानमन्त्रीको देउवाको गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा भने वीपी कांग्रेसबाट नरेशराज भण्डारी ६ सय ७३ मतसहित विजयी भएका थिए ।

प्रधानमन्त्री देउवाले मतदान गरेको सो वडामा कांग्रेस उम्मेदवार दोस्रो भएका थिए ।

नेपाली कांग्रेस (वीपी) मा कांग्रेसका पुराना नेताहरु आवद्ध रहेका छन् । हरिबोल भट्टराई संस्थापक सभापति रहेको सो पार्टीमा अहिले सुशिलमान शेरचन सभापति छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय