
काठमाडौं:
स्वतन्त्र उम्मेदवार बालेन साहको रफ्तार घटेको छैन । काठमाडौं महानगरपालिकाको मेयरको प्रतिष्पर्धामा बालेनले मतान्तरलाई कायमै राखेर अग्रता बनाइरहेका छन् ।
बालेनले ४४ हजार १८३ मत ल्याउँदा नेपाली काँग्रेसकी सृजना श्रेष्ठको २५ हजार ८३५ मत पुगेको छ । साँढे १८ हजार मतान्तरले बालेन अगाडि छन् ।
नेकपा एमालेका केशव स्थापित २५ हजार २२ मतले तेस्रो छन् । स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३३ सय ३४ मत ल्याएर राप्रपाका मदनदास श्रेष्ठलाई पछि पारेका छन् ।
श्रेष्ठको २९ सय ९६ मत पुगेको छ । यही गतिमा सृजना र स्थापितको मत बढेमा बालेन ६० हजार मत कटाएमा चुनाव जित्न सक्छन् ।
अब उनले १६ हजार मत थपेमा जीत सुनिश्चित हुने देखिएको छ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले दलहरू र राजनीतिक नेतृत्व सुध्रिनुपर्ने बताएका छन् ।
सोमबार राष्ट्रिय सभामा सम्बोधन गर्दै देवकोटाले यसअघि निर्वाचित भए पनि जनप्रतिनिधिले नागरिकलाई खुसी पार्न नसकेको बताएका हुन् ।
नागरिकको हितमा काम नगरेकै कारण संघीय राजधानी काठमाडौंलगायतका देशका विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएको उनको भनाइ छ ।
नागरिकले परिवर्तको आभास गर्नका लागि नै स्वतन्त्र उम्मेदवारलाई जिताएको उनले बताए ।