शुक्रबार , बैसाख १४, २०८१

काठमाडौँ –

भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाललाई एमालेका विजय सुवेदीले उछिनेका छन्।

गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहालले २४६५ मत ल्याएकी छन् भने एमालेका विजय सुवेदी २४६८ मत ल्याएका छन्।

रेनुलाई ३ मतले उछिन्दै विजय अघि बढेका छन्। यस्तै जगन्नाथ पौडेलले ८०५ मत ल्याएका छन्।

उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले २७०१ मत ल्याएका छन्।

राप्रपाबाट हिमला गुरुङले १९७५ मत ल्याएकी छन्। भरतपुर महानगरपालिकामा अहिलेसम्म ६७७७ मत गणना भएको छ।

भरतपुर महानगरपालिकामा ६ हजार भन्दा बढी मत गनिसक्दा प्रमुख र उपप्रमुखका केही उम्मेदवारले मतको खाता नै खोल्न सकेका छैनन् । भरतपुर महानगरको प्रमुखमा

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहालले झिनो अग्रता बनाएकी छन् भने उनलाई एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् ।

महानगरको प्रमुखमा उम्मेदवारी दिएका राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका टेकबहादुर पुन मगर,

जनमत पार्टीका संजयकुमार ठाकुर, राप्रपा नेपालका लक्ष्मण अधिकारी, स्वतन्त्र उम्मेदवार कुलराज कँडेलले अझै एक मत पनि पाएका छैनन् ।

महानगर प्रमुखमै स्वतन्त्र उम्मेदवारी दिएका रमेश भण्डारी, मिलन अधिकारी, रामकृष्ण ओझा, हरिशरण श्रेष्ठ, हरिश्चन्द्र घिमिरे र मोहित पाण्डेले पनि मतको खाता खोल्न सकेका छैनन् ।

उपप्रमुखमा उम्मेदवारी दिएका राष्ट्रिय जनमुक्ति पार्टीकी मीना मगर र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर तामाङले पनि मतको खाता खोल्न सकेका छैनन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय