शनिबार , बैसाख १५, २०८१

काठमाडौं ।

भरतपुर महानगरपालिका यसपटक पनि स्थानीय चुनावको इपिसेन्टरमा छ । चुनावी माहोल देशैभरि फैलिए पनि चितवनको भरतपुर महानगरपालिकाको चुनावको चर्चा

सबैभन्दा उच्च छ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनु दाहाल दोस्रो कार्यकालका लागि भरतपुरको मेयर बन्ने प्रतिस्पर्धामा

छिन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभा सांसद रहिसकेका विजय सुवेदीलाई मेयरको उम्मेदवारका रुपमा मैदानमा उतारेको छ ।

अर्कोतिर माओवादीलाई भरतपुरको नेतृत्व दिने निर्णयमा असन्तुष्ट कांग्रेसको एक समूहले पूर्वसांसद जगन्नाथ पौडेललाई स्वतन्त्र उम्मेदवारको रुपमा अगाडि सारेको छ ।

भरतपुरको नेतृत्व लिन यसपटक १६ जना मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा यी नै तीन जनाबीच हुने प्रस्ट छ । अघिल्लो निर्वाचनको अंकगणित:

२०७४ को स्थानीय निर्वाचनमा भरतपुरमा मतगणनाका क्रममा जे भयो, त्यो बिर्सनलायक घटना थियो । माओवादी कार्यकर्ताले अन्तिम चरणमा मतपत्र

च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान भएको थियो । पुनः मतदानपछि मेयरमा माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहाल २०३ मतान्तरले विजयी भएकी थिइन् ।

रेनुले ४३ हजार १२७ मत ल्याउँदा एमालेका उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए ।मेयरमा तेस्रो भएका राप्रपाका

बद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत ल्याएका थिए । भरतपुरका २९ वडामध्ये एमालेले १४, कांग्रेसले १२ र माओवादीले ३ वडा जितेका थिए ।

यद्यपि वडा नम्बर १६ मा उपनिर्वाचन कांग्रेसले जितेको थियो । हाल एमालेबाट जितेकामध्ये ५ जना वडा अध्यक्ष नेकपा एकीकृत समाजवादीमा आवद्ध छन् ।

यही कारण ताजा अवस्थामा भरतपुरमा कांग्रेसका १३, एमालेका ८, नेकपा एसका ५ र माओवादीका ३ वडा अध्यक्ष रहेका छन् ।

अघिल्लो निर्वाचनमा भरतपुरमा कूल १ लाख ५० हजार ४७८ मतदाता थिए । जसमध्ये १ लाख १२ हजार ८९७ मत खसेको थियो ।

महानगरका वडाहरुमा दलका उम्मेदवारहरुले पाएको कूल मत हिसाब गर्दा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिन्छ । अघिल्लो निर्वाचनमा वडा अध्यक्ष पदमा कांग्रेसका

उम्मेदवारहरुले पाएको कूल मत ३८ हजार १२७ थियो । त्यस्तै वडा अध्यक्षमा एमालेका उम्मेदवारहरुले प्राप्त गरेको कूल मत ३७ हजार १९५ थियो ।

माओवादीका वडा अध्यक्षका उम्मेदवारहरुले कूल २१ हजार २१८ मत पाएका थिए । त्यस्तै राप्रपाका वडा अध्यक्षहरुको कूल मत ६ हजार ७५३ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय