शनिबार , बैसाख १५, २०८१

हरेक पत्नी आफ्ना पतिबाट अपार मायाँं, हार्दिकता, विश्वास र सुख चाहन्छन् । यी यस्ता विराट् विषय हुन्, जो सजिलै पाइँंदैन, आउँंदैन । त्यसका लागि दुवैको विश्वास र मान्यतामा निकटता जरुरी हुन्छ । विभिन्न अध्ययनकर्ता र चिन्तकहरुले पत्नीले पतिबाट चाहने विषयलाई विभिन्न दश बुँंदमा यसरी उल्लेख गर्ने गरेका छन् ।

१. विशेष पलको स्मरण: सुख, खुसी,आनन्द र आत्मीयता विगत, वर्तमान र भविष्यलाई हेर्ने मान्यताका आधारमा तयार हुन्छ । आजका दुःख  नष्ट नगरी आनन्द भेटिंदैन । आजका दुःख नष्ट गर्न विगतका खुसीको स्मरण गर्न सक्नुपर्छ । आफ्नी श्रीमतीसँंगका विगतका आनन्दका क्षण कल्पना गर्यो भने अहिले पनि खुसी छताछुल्ल हुन सक्छ । आज श्रीमतीमा जवानी घटेको देखेर मन खिन्न हुन्छ भने हिजो त्यही श्रीमतीसँंगको  हनिमुनका दिन याद गर्नुस् त, खुसी कसरी छचल्किदै आउँंछ ! जवानी अस्थायी आनन्द हो, तर स्मृति स्थायी सुख हो । घुम्टो ओढेर भित्रिएकी नवदुलहीमा कति मीठो आनन्द भरिएको थियो ? त्यो आनन्द आज गुमेको होइन, तपाईले त्यो स्मृति गुमाएको मात्र हो ।

२.स्वाभिमान र सोचाईप्रतिको सम्मान: कुनै पनि व्यक्तिका सोच्ने र प्रतिक्रिया ब्यक्त गर्ने आ आफ्नै तरिका हुन्छन् । पतिले आफूलाई हेरेर होइन पत्नीको स्तर र मान्यता हेरेर प्रतिक्रिया ब्यक्त गर्नुपर्छ । पत्नीको निर्दोषपना र विषयवस्तुलाई हेर्ने दृष्टिकोणमा रहेको कमजोरीलाई हतियार ठानेर प्रतिहमला नगर्नु राम्रो हुन्छ । कमजोरीलाई उपहार ठानेर स्वीकार्नु पर्छ । श्रीमतीलाई छिटो रिस उठ्छ भने प्रतिरिसको जवाफी हमला घातक हो, त्यसलाई उसको स्वाभिमान ठान्नुपर्छ । रिस अपराध होइन, रिसमाथि प्रतिरिसको व्यवहार गर्यो भने त्यसले अपराधको रुप लिन बेर लाग्दैन । कुनै पनि श्रीमतीले आफू जति रिसाए पनि श्रीमान्ले प्रतिकार गरेन भने निकै आनन्दको अनुभव गर्छिन् । श्रीमती रिसाए पनि आक्रोश नथप्नु र आफू रिसायो भने श्रीमतीलाई जवाफी हमलाका लागि मौका दिनु असल र सुखद् दाम्पत्य चाहने श्रीमान्का लागि अपरिहार्य छ ।

३.कामुक बन्नु: प्रायः सबै श्रीमती आफ्नो श्रीमान् आफ्नो वरिपरि उत्तेजक र कामुक बनेको रुचाउँंछन् । कामुकताले पति –पत्नीलाई मानसिक,शारिरीक र मनोवैज्ञानिक रुपमा निकट तुल्याउँंछ । दुनियाका प्राय सबै महिला श्रीमान आफूसँंगको शारिरीक सम्बन्धबाट पूर्ण सन्तुष्ट बनोस् भन्ने चाहन्छन् । यसका लागि श्रीमानको कामुकता परिपक्क हुन जरुरी छ ।

४.सुख–दुःख बाँड्ने पहिलो साथीसबै स्त्रीले आफूले सामना गर्ने हरेक दुःख र सुख बाँड्ने पहिलो साथी श्रीमान नै बनोस् भन्ने चाहन्छन् । आफ्नो पतिले प्राप्त गरेको सुख वा दुःखवारे पहिलो सूचना आफैले पाउनु पर्ने उनीहरुको स्वभाविक चाहना हुन्छ । आफ्ना श्रीमानको पहिलो खवर अर्को कुनै महिलाबाट थाहा पाउनु श्रीमतीका लागि असह्य पीडाको विषय हो ।

४.किनमेलमा सहकार्य: दाम्पत्य जीवनलाई हराभरा बनाउने अर्को शर्त वा शैली किनमेलमा सहकार्य हो । प्रायः हरेक श्रीमतीले बजारमा किनमेल गर्न जाँंदा पतिसँंगै जान मन गर्छन् । किनमेल गर्नु जीवनको अपरिहार्य आवश्यकता हो । यो आवश्यकता पूरा गर्न श्रीमानसँंगै जान पाए हुन्थ्यो, श्रीमान्को सिफारिसमा आफ्ना लागि केही किन्न पाए हुन्थ्यो भन्ने श्रीमतीको चाहना हुन्छ । त्यही बस्तु एक्लै किनेर ल्याएर उपभोग गर्दा र श्रीमानको रोजाईका आधारमा खरिद गरी उपभोग गर्दा हुने आनन्दमा अन्तर हुन्छ । विशेषगरी आफ्नो पतिको रोजाईको पोशाक लगाउँंदा श्रीमतीले विशेष आनन्द मान्छन् ।

५.झूठो नबोलौ: झुठो बोल्नु मानव जीवनकै कसिंगर हो । अझ श्रीमतीसँंग झुठो बोल्नु ज्यादै ठूलो भुल र बेइमानी हो । झुठो बोल्ने अभ्यासले दाम्पत्य जीवनमा विषय घोल्दै जान्छ । झूटो बोलीले आत्मीयता र विश्वास जलाउँंदै जान्छ । विश्वास नै रहेन भने दाम्पत्य जीवनमा के नै बाँंकी रहन्छ र  ? आफ्नो जीवनसाथीप्रति इमान्दार रहनु र झुठ नबोल्नु दुवैका लागि उत्तिकै जरुरी छ । बिवाहपूर्व रहेका आफ्ना सम्बन्ध बारे पनि श्रीमतीलाई खुलस्त बताउन सक्नुपर्छ । विवाह पूर्वका व्यवहारको सही साविती वयानले आजको आनन्द र आत्मीयतालाई ऊर्जा दिन्छ । कुरा लुकाएर वा झुठो बोलेर सम्बन्ध बन्दैन, खुलस्त बताएर र इमान्दार भएर नै दुबैका विचमा विश्वास बढाउँछ । यदि कुनै पतिले झुठ बोल्छ भने यो पुष्टि हुन्छ कि उसले आफ्नी पत्नीमाथि विश्वास गर्न सकेको छैन । आफ्नो विगतका सम्बन्ध खुलस्त बताउनु र श्रीमतीका विगतवारे जान्न नखोज्नु असल पतिका गुणभित्र पर्छ । किनकि श्रीमतीमा तपाईको विगत स्वीकार्न सक्ने क्षमता बलियो हुन्छ भने तपाईमा श्रीमतीको विगत विर्सने क्षमता कमजोर हुन्छ ।

६.प्रेमले अंकमाल गर्नु: तपाईकी श्रीमती पनि तिनै सुन्दर तरुनी हुन्, जो तपाईले बाहिर सडकमा कतै देखेर लोभ गर्नुहुन्छ । कल्पना गर्नुस त तपाईको श्रीमतीमा भन्दा बाहिर कतै भेटिने वा देखिने तरुनीमा भन्दा कुन गुण कमी छ ? उस्तै शारिरीक औजार होइनन र ? तपाईले सोच्ने तरिकामात्र त बेग्लै हो । त्यसैले श्रीमतीलाई प्रेमले अंकमाल गर्नु र किस गर्नु मै कति ठूलो खुसी र आनन्द लुकेको हुन्छ । बाहिरको किसमा सामाजिक रुपमा निन्दनीय र काुननी रुपमा दण्डनीय गन्ध लुकेको हुँंदैन र  ? श्रीमतीलाई प्रेमले अंकमाल गर्ने अभ्यास र लोभ राख्यो भने दुवैलाई मानसिक र शारीरिक रुपमा सदा निकट राख्छ ।

७.सेन्स र जागृति उच्च राखौहरेक श्रीमतीमा श्रीमानको बुझाईको तह उच्च भएको देख्न चाहन्छन् । आपत् विपत् वा मानवताका कर्ममा श्रीमानको सक्रियता होस् । श्रीमतीलाई अर्तिमात्रै नदिनुस्,  उनको जुन अवस्था छ, त्यसमा पनि तागत छ भन्ने तरिकाले सोचौ । श्रीमतीलाई होच्याएर होइन उत्साहित तुल्याएर व्यवहार र बोली निर्धारण गरौं । समाजमा सबै उस्तै हुँंदैनन्, तर अस्तित्व सबैका लागि उत्तिकै प्रिय हुन्छ ।

८.काममा सघाउनु: तपाई जतिसुकै व्यस्त र उत्पादनमुलक कामको बोझमा भए पनि श्रीमतीसँग काममा सहकार्य गर्ने अभ्यास गर्नुपर्छ । देशका प्रधानमन्त्री नै भए पनि श्रीमतीका लागि लोग्ने हो । ठूलो मान्छे हुँंदैमा वा सार्वजनिक कामको जिम्मेवारी सम्हाल्दैमा घर व्यवहारका काममा सिन्को भाँंच्न मिल्दैन भन्ने होइन । श्रीमतीका काममा साथ दिंदा आत्मीयता बढाउँंछ । लोग्ने ठूलो मान्छे हुनु श्रीमतीका लागि सबथोक होइन, देशका लागि जे सुकै गर्नुस तर श्रीमतीका लागि केही गर्नु भएन भने त्यो लोग्नेको के अर्थ ? जहासँंकै जे सुकै गरेर ख्याति कमाए पनि श्रीमतीका लागि असल श्रीमान् बन्नैपर्छ । तबमात्र दाम्पत्य जीवनमा रस, रंग र आनन्द भरिन्छ ।

९.श्रीमतीको प्रशंसा गरौंप्रशंसा हरेक मान्छेले लोभ गर्ने विषय हो । न्यूनतम प्रशंसाको खोजी गर्नु स्वभाविक हो । असल लोग्ने त्यो हो,जसले तेस्रो व्यक्तिसँंग विनाहिचकिचाहट श्रीमतीको प्रशंसा गर्छ । तर अधिक प्रशंसा कसैका लागि पनि हितकर हुँंदैन । श्रीमतीले मीठो खाना बनाएको, कार्यालयमा राम्रो काम गरेको, स्वभाव र संस्कारमा देखाएको गुणको वारेमा अरुलाई पनि बताउनुस् । यसले श्रीमान्–श्रीमतीका वीचमा निकटता र दृढता बढाउँंछ । आज हाम्रो समाजमा श्रीमतीको दोष नभएको अवस्थामा पनि दोषी सावित गर्ने प्रयत्न हुन्छ । राम्रो गुण देख्दै नदेख्ने, नराम्रो केही छ भने त्यसलाई बढाइचढाई गरेर मनोवल कमजोर पारिदिनाले आत्मबल र आत्मियता दुबै घटाउँंछ ।

१०.साथी हुँंदैमा शंका वा निराश नपारौश्रीमतीका केटा साथी हुँंदैमा शंका गरिहाल्नु हुँंदैन । साथीसँंगको सम्बन्धबारे मात्र होसियार हुनुपर्छ । साथी हुनु नराम्रो होइन, साथीहरुसँंग जीवनलाई आवश्यक पर्ने ज्ञान वा अनुभव बाँड्न दिनुपर्छ । कुनै पनि मान्छेलाई पारिवारिक साथीले मात्र पुग्दैन, समाजका अन्य पात्रसँंग पनि संवाद र सहकार्य जरुरी पर्छ । श्रीमतीका केटा साथीलाई पनि इज्जत गर्न जान्नुपर्छ । सम्बन्धका आयाम र अवस्थालाई ख्याल गर्दै साथीहरुसँंग रमाउन दिनुपर्छ । यदि सम्बन्धले दाम्पत्य जीवनमा हानी गर्छ भने त्यो अस्वीकार्य र आपत्तिजनक हो । अन्यथा सम्बन्ध आफैमा नराम्रो होइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय