शुक्रबार , बैसाख १४, २०८१

भिडियो हेर्न यहाँ माथी थिच्नुहोस ?️?️?️

स्थानीय तह निर्वाचनको मुखमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अन्तरविरोध चुलिएको छ । चुनावी तालमेलको विषयलाई लिएर सो

पार्टीमा विवाद चुलिएको हो । यसअघि पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तह चुनावमा तालमेल नगरेर स्वतन्त्र ढंगले उम्मेदवारी दिने निर्णय गरेको थियो । तर,

पार्टीकै केही नेताहरु सहभागी भई नेकपा एमालेसँग चुनावी तालमेल गर्न छलफलमा अग्रसर भएपछि विवाद बढेको हो।
नेकपाका नेताहरुले सुदूरपश्चिम प्रदेशमा एमालेसँग चुनावी

तालमेल गर्न छलफल अघि बढाएपछि विवादको बिउ रोपिएको हो । गत सोमबार विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य ओमप्रकाश पुन सहित दलबहादुर धामी बझाङका

सचिव डीपी उपाध्यायले एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारी, सचिव धर्मराज पाठक, कैलाली जिल्ला सचिव रणबहादुर कुँवरसँग चुनावी तालमेलका विषयमा

छलफल गरेका गरेका थिए। सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशमा नेकपा नेताहरुले एमालेसँग चुनावी तालमेलका विषयमा सघन रुपमा छलफल गर्न थालेपछि नेकपामा

विवादको बिउ रोपिएको एक नेताले बताए । यस विषयमा नेकपा सचिवालय सदस्य हेमन्तप्रकाश ओलीले स्थानीय तह चुनावमा तालमेल गर्न पार्टीका नेताहरु सहभागी भएको

पाइएमा कारवाही गरिने चेतावनी दिए।‘चुनावी तालमेल आधिकारिक रुपमा पार्टीले गर्दैन। स्वतन्त्र ढंगले कुनै साथीहरु चुनावमा भाग लिन जान सक्नु हुन्छ। त्यसका

लागि पार्टीबाट राजीनामा दिनुपर्ने हुन्छ। त्यस्तालाई समर्थन गर्न सकिने भयो’, रातोपाटीसँग कुरा गर्दै ओलीले भने, ‘पार्टीले कुनै शक्तिसँग एलाइन्स गर्दैन। यदि कुनै नेताले

गरेमा पार्टीले कारवाही गर्छ।’पार्टीको निर्णय विपरित कुनै नेताले चुनावी तालमेलका विषयमा छलफल गर्नु अराजक क्रियाकलाप भएको ओलीले टिप्पणी गरे। ‘यदि कसैले कुनै

पार्टीसँग साँठगाँठ गर्ने वा औपचारिक रुपमै भाग लिने पार्टीकै तर्फबाट छलफल गर्छन् भने त्यो अराजक क्रियाकलाप हो । अनुशासनहीन क्रियाकलाप हो । त्यस्तो

क्रियाकलाप नहोस् भन्नका लागि केन्द्रीय कार्यालयलाई अनुरोध गर्दछु’ ओलीले भने, ‘हामीले लिन थालेको चुनाव परम्परागत बहिस्कार वा परम्परागत उपयोगपनि होइन। यो

बीच बाटो अपनाएका छौँ। पार्टीको निर्णय विपरित उभिने जुनसुकै नेतालाई पनि कारवाही हुन्छ।’ तर, नेकपाकै केन्द्रीय सदस्य पुनले पार्टीकै नीति अनुसार चुनावी

तालमेलका विषयमा एमाले नेताहरुसँग छलफल गरेको स्वीकार गरे। स्थानीय आवश्यकता आधारमा चुनावी तालमेल गर्ने निर्णय भएपछि सुदूरपश्चिममा एमालेसँग

चुनावी तालमेल गर्न छलफल गरेको बताए। ‘एमालेका साथीहरुले छलफल गर्न प्रस्ताव गरेपछि दुई पक्षका बीच चुनावी तालमेलका विषयमा सामान्य छलफल भयो,’ पुनले

भने, ‘तीन बुँदे सहमति हुँदै अहिलेको अवस्थामा आइपुगेका छाँै। एमालेजस्तो राष्ट्रवादी शक्तिसँग चुनावी तालमेल हुन सक्छ।’ एमालेसँग चुनावी तालमेलका विषयमा छलफल

भएपनि निर्णय भइनसकेको पुनले बताए।चुनावी तालमेलमा दुई धार विप्लव नेतृत्वको नेकपामा स्थानीय चुनावमा स्वतन्त्र ढंगले चुनावमा भाग लिने भएपछि दुई धार

देखिएको छ। महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढामगर एमालेसँग चुनावी तालमेल गरेर जानुपर्ने पक्षमा छन्। एमाले राष्ट्रवादी शक्ति भएको बताउँदै

विगतमा तीन बुँदे सहमति समेत एमालेसँग गरेकाले चुनावी तालमेल समेत उसैसँग गर्नुपर्ने पक्षमा छन्। त्यसका लागि उनीहरु एमालेसँग चुनावी तालमेल गर्न हरेक प्रदेशम

नेताहरु लागिपरेका छन्।चुनाव बहिस्कार गर्नुपर्ने पक्षमा उभिएका हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला आफ्नो अडानबाट पछि हटेर स्वतन्त्र ढंगले चुनावमा भाग लिने

अवस्थामा पुगेका छन्। उनीहरु पार्टीको निर्णय मान्दै यदि स्वतन्त्र ढंगले चुनावी तालमेल गर्नुपर्ने अवस्था आए नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग

तालमेल गर्नुपर्ने अडानमा छन्। यदि पार्टी एकता नै गर्नुपर्ने अवस्था आएमा मोहन वैद्य नेतृत्वका नेकपा क्रान्तिकारी माओवादीसँग गर्नुपर्ने पक्षमा उनीहरु छन् ।

तर, पार्टीको निर्णय उलंघन गर्दै विप्लव र प्रकाण्ड पक्षले एमालेसँग चुनावी तालमेल गर्न नेताहरु लागि परेका छन्। ‘महासचिवले प्रवक्तासँग छलफल गरेर केन्द्रीय समिति

बैठकमा एमालेसँग चुनावी तालमेल गर्ने आशयको प्रतिवेदन ल्याउनुभयो। बहुमत केन्द्रीय सदस्यबाट चुनावमा भाग लिने निर्णय अस्विकार भयो। पहिलो पटक महासचिव

पार्टीमा अल्पमतमा पर्नुभयो। त्यसपछि बीचको बाटो चुनावी तालमेल नगरेर स्वतन्त्र उम्मेदवारी दिएर जाने निर्णय भयो’ नेकपा एक नेताले भने,‘तर, पार्टीको निर्णय विपरित

महासचिव र प्रवक्ताले एमालेसँग चुनावी तालमेल गर्न नेता खटाउन थाल्नु भयो। त्यस्तो गर्नु दुःखद भयो।’
विप्लव र प्रकाण्ड पक्षले स्थानीय चुनावमा एमालेसँगै

तालमेल गरेर प्रदेश र संघीय चुनावमा जान पनि बाटो खोलेको ती नेताले जिकिर गरे। ‘एमाले अध्यक्ष केपी ओलीसँग तीन बुँदे सहमति गर्दा महासचिव र प्रवक्ताले

के–के सहमति गर्नु भएको छ थाहा छैन’ ती नेताले भने, ‘उहाँहरु खाली एमालेसँग चुनावी तालमेल गर्न लागिपर्नुभएको छ। पार्टीमा के गर्न खोज्या हो बुझ्न सकेको

छैन।’ महासचिव विप्लव र प्रवक्ता विश्वकर्माले आगामी प्रदेश र संघको चुनावमा भाग लिने खोजेकाले पार्टी विभाजनको अवस्थामा पुग्न सक्ने आँकलन गरिएको छ।

बैठकको निर्णय गुपचुप कपिलवस्तुको शिवगढीमा बसेको नेकपाको केन्द्रीय समिति बैठकमा पार्टी महाधिवेशन, एमसीसी र स्थानीय निर्वाचन मुख्य एजेण्डा बनाइएको

थियो। अन्य एजेण्डामा खासै छलफल नभएपनि स्थानीय निर्वाचनलाई लिएर निकै ठूलो विवाद भयो। विप्लवले स्थानीय निर्वाचनमा भाग लिने प्रतिवेदनमै ल्याएर बैठकमा

पेश गरे । बहुमत केन्द्रीय सदस्यले चुनाव बहिस्कार गर्ने पक्षमा उभिए । विप्लव पहिलो पटक बैठकमा अल्पमतमा परे। बैठकमा अल्पमतमै परेपछि उनी संकटमा परे ।

अन्त्यमा बीच धारको बाटो अपनाएर केन्द्रीय समिति बैठक सकियो । बैठकले पार्टीलाई निर्वाचन आयोगमा दर्ता नगर्ने स्वतन्त्र ढंगले चुनावमा भाग लिने निर्णय ग-यो। चुनावी

तालमेलको छलफलमा सचिवालय, केन्द्रीय सदस्य र जिल्ला सचिवसम्म भाग लिन नपाउने निर्णय भयो ।चुनावमा भाग लिनु पर्ने भएमा पार्टी पदबाट राजीनामा

दिएर स्वतन्त्र उम्मेदवार उठ्नु पर्ने पार्टीले सहयोग गर्ने निर्णय भयो। पार्टीले मुख्य रुपमा शसक्त बहिस्कार गर्ने निर्णय ग¥यो। तर, पार्टीको केन्द्रीय समिति बैठकको

हलबाट यस्ता निर्णय गरेपनि सबै निर्णय गुपचुप राखिएको छ। अहिलेसम्म कुनै पनि निर्णय आधिकारिक रुपमा सार्वजनिक गरिएको छैन । हाल आएर आफू अनुकुल

ब्याख्या गरेर विप्लव र प्रकाण्ड पक्षले एमालेसँग चुनावी तालमेलको प्रक्रियालाई अघि बढाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय