शुक्रबार , बैसाख २१, २०८१

काठमाडौं

एमालेका मुख्य नेताहरुमा कम्युनिष्ट चरित्र नभएको, पार्टीमा व्यक्तिवाद मौलाएको, गुटबन्दी बढेकोलगायत दर्जनौँ आरोप लगाउँदै कँडेल हिजोदेखि सो पार्टीबाट निस्किएका हुन् ।

यस्तो प्रवृत्ति र पात्रकाविरुद्ध अहिलेसम्म पार्टीभित्रै रहेर संघर्ष गरेको तर, सुध्रिने अवस्था नदेखेपछि विद्रोह गर्न बाध्य भएको उनको भनाइ छ ।

‘नेकपा एमालेको जुन पात्र र प्रवृत्तिको खिलापमा मेरो संघर्ष थियो, अहिले त्यही पात्र र प्रवृत्ति अझ झाँगिएर असल नेता र कुशल

नेतृत्वको सट्टा प्रभुत्वशाली अभिजात्य वर्गका रुपमा मृतसागर झैँ पसारिएर बसेको छ’, उनले भनेका छन् । एमालेमा इमान्दार कार्यकर्तालाई

भन्दा नेताको चाकडी गर्नेलाई जिम्मेवारी दिने गरेको र त्यसैलाई योग्यताको मापदण्डका रुपमा व्याख्या गरेको उनको आरोप छ ।

पछिल्लो समय दोरम्बा शैलुङ गाउँपालिका कमिटी र प्रदेश कमिटीमा नेतृत्व चयन गर्दा त्यसैगरी योग्यताको मापदण्ड बनाएर इमान्दार

नेता–कार्यकर्तालाई पाखा लगाइएको उनले बताएका छन् । उजुरीमा २०४२ मंसिर १० गते भिउदे खत्रीको नामबाट ३८९२ नम्बरको र २०४६ वैशाख १५

गते वीरबहादुर खत्रीको नामबाट १८६ नम्बरको नागरिकता लिएकाले छानबिन गरि कारबाहीको माग गरिएको छ । स्थानीय पुनको उजुरीपछि

जिल्ला प्रशासन कार्यालयले आवश्यक अनुसन्धान गरेर २०७५ असोज २६ गते दुवै नागरिकतासँग सम्बन्धित सम्पूर्ण सक्कल कागजात

परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो । स्रोतकाअनुसार प्रयोगशालाले एउटै व्यक्तिका नामबाट दुई

वटा नागरिकता लिएको पुष्टि गर्दै २०७५ कात्तिक ५ गते जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको थियो । तर, उजुरी परेको चार

वर्ष बितिसक्दासमेत छानबिन प्रक्रिया अघि नबढेपछि स्थानीयहरूले गुनासो गरेका हुन् । सत्ता र राजनीतिक प्रभावका कारण छानबिन रोकिएको गंगादेववासीले आरोप लगाएका छन् ।

खत्रीले जिल्ला प्रशासन कार्यालय रोल्पाबाट दुई फरक–फरक नामबाट नागरिकता लिएको यसअघि नै पुष्टि भएको छ ।

कार्यालयको रेकर्डमा उल्लेख भएअनुसार खत्रीले प्रशासन कार्यालयबाटै भिउदे खत्रीको नामबाट पहिलो नागरिकता लिएका छन् ।

जसमा जन्म मिति २०४४ साउन १४ गते उल्लेख छ । दोस्रो नागरिकता २०४६ बैशाख २५ गते नागरिकता टोलीमार्फत लिएको रेकर्डमा देखिन्छ ।

मृत्यु भएका साईंला भाइ वीरबहादुरको नामबाट जन्म मिति २०२७ भदौ १ गते राखेर उनले अर्को नागरिकता लिएको रेकर्डमा देखिन्छ ।

नेपाल नागरिकता ऐन २०६३ तथा नेपाल नागरिकता नियमावली २०६३ मा र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका २०६३ अनुसार झुठो विवरण

दिएर दुई वा दुईभन्दा बढी नागरिकता लिएको भए पहिले लिएको नागरिकतालाई कायम गरी पछिल्लो नागरिकता प्रमुख जिल्ला अधिकारीले रद्ध गर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय