शुक्रबार , बैसाख २१, २०८१

काठमाडौं:

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका छन् । उनले १५ चैत्र अगावै मन्त्रीमण्डल पुर्नगठन गर्ने तयारी गरेका हुन् ।

मन्त्रिमण्डल हेरफेर गर्दा माओवादीले लिदै आएको केही मन्त्रालयमा पनि हेरफेर हुने बुझिएको छ । नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ मन्त्री बन्ने बुझिएको छ ।

उनले उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको दाबी गरेको बुझिएको छ । यसअघि उपप्रधानमन्त्री नराख्ने भनेका देउवाले श्रेष्ठलाई सरकारमा ल्याउनुपरेमा काँग्रेसबाट पनि

उपप्रधानमन्त्री राख्ने विश्वस्त स्रोतले बताएको छ । काँग्रेसबाट सुजाता कोइराला सरकारमा सहभागी हुने बुझिएको छ । नेकपा

एकीकृत समाजवादी पार्टीबाट विरोध खतिवडा र रामकुमारी झाँक्रीको साटो जीवनराम श्रेष्ठ र मेटमणि चौधरी मन्त्री बन्ने निश्चितप्रायः छ ।

प्रेम आले र किसान श्रेष्ठलाई पनि फिर्ता बोलाउने तयारी भइरहँदा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले उनीहरुलाई सरकारमै राख्नेबारे कुराकानी गरेको बुझिएको छ ।

देउवाले महन्थ ठाकुर नेतृत्वको जनता समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउने पहल गरिरहेका छन् । लोसपालाई दुई मन्त्रालय दिन देउवा

सकारात्मक भएको तर ठाकुरले तीन मन्त्रालय मागेको विश्वस्त स्रोतले बताएको छ । नारायणकाजी साथमा राखेर प्रचण्डले भने: हाम्रो विवाद मिलिसक्यो, घाउ नकोट्याउनुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र एमसीसीका कारण उत्पन्न विवाद समाधान भइसकेको दाबी गरेका छन् ।

आफूहरु एक ढिक्का भएर चुनावी अभियानमा हिँडिरहेको उनले बताए । बुटबलमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डलाई पत्रकारले सोधेका थिए,

आफूसँगै हिँडिरहेका नेता–कार्यकर्तालाई असन्तुष्ट भए छोडेर गए हुन्छ भन्नेसम्मको शब्द प्रयोग गर्नुभयो । सबैले छोड्दै गएर अझै कति एक्लै बन्न चाहनुहुन्छ ?

कम्युनिष्ट पार्टीभित्र कतिवटा झुपडी बनाउने लक्ष्य हो ?’ प्रचण्डले जवाफ दिए, ‘मैले मात्र बनाएर (झुपडी) भएको होइन । (नारायणकाजी श्रेष्ठसँग) अहिले सँगै आएका छौं।

देशभरि सँगै हिँडेको देख्नुभएको छ । तपाईंहरुले घाउ कोट्याउन खोजेको हो ? अलिकिति चर्काइदिउँ भन्न खोजेको हो ? तपाईंको प्रश्न पुरानो भइसक्यो ।

हामी त एक भएर, एक ढिक्का भएर हिँडिरहेका छौं । यो प्रश्न पहिल्यै सोधेको भए हुन्थ्यो । अब अर्थ छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय