शुक्रबार , बैसाख २१, २०८१

काठमाडौँ –

नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेशसभाका सांसद ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । शुक्रवार काठमाडौंमा पत्रकार

सम्मेलन गर्दै बिष्टले माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले आफूले पार्टी परित्याग गरेको बताए ।

उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताए ।

शुक्रबार उनले प्रदेश सभा सचिवालयमा इमेलमार्फत् राजीनामा दिएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए।

‘उहाँले इमेलबाट राजीनामा बुझाउनु भएको हो’, उनले भने,‘यद्यपि उहाँको राजीनामा पत्र प्रदेश सभा सचिवालयमा दर्ता भएको छैन।’

विष्टले राजीनामा दिनुपर्ने दुई आधार उल्लेख गरेको बुढाथोकीले बताए। उनले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई

विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडी अनेक खालका चलखेल गरेको आरोप लगाए । कर्णाली प्रदेशमा पार्टीले आसेपासे तथा पहुँचको आधारमा साधन,

स्रोत र बजेटको दोहन गरेको भन्दै उनले प्रदेश सभामा बस्न उचित नलागेको बताए । माओवादीले पार्टीको चेन अफ कमान्डको नाममा

संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्ने गरको उनले आरोप लगाए । कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका

प्रमुखसंचेतक समेत रहेका विष्टले पार्टीमा आफुलाई विगतदेखिनै कर्नरमा पारिदै आएको भन्दैे उनले पार्टीमा नबसने बताए ।

उनले भने ‘मैले आजदेखि पार्टी र सांसदपदबाट राजीनामा दिएको छु, तत्कालै अब अर्को पार्टी प्रवेश गर्ने भन्ने विषयमा निर्णय लिएको छैन् ।’

पार्टी अध्यक्ष सुर्खेतका आएको बेला किन राजीनामा दिएको भन्ने प्रश्नमा विष्टले भने, ‘साईत मिलाएको नि हजुर, कहिलेकाहीँ यस्तै हुँदो रहेछ ।’

पछिलो समय राजनीतिमा खरो विषयमा आवज उठाउने र टिप्पणी गर्ने सँगै वौद्धिक छवि र राम्रो जनमत समेत बनाएका विष्टको पार्टी छोड्ने घोषणाले पार्टी भित्र कलह निम्ताएको छ ।

यस्तै, कर्णालीकमा माओवादी केन्द्रबाट सांसद हुँदा–हुँदै पनि गैर–सांसदलाई छिरिङ डम्डुल लामा (कार्चेन लामा)लाई मन्त्री बनाएको विषयमा उनको चर्को अस्नतुष्टि जनाएका थिए भने पार्टीले एमसीसी विषयमा गरेको सर्मथन प्रति विरोधमा थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय