शुक्रबार , बैसाख २१, २०८१

काठमान्डौ –

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गराउन साथ

नदिने भए तत्काल सरकार छोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष भट्टराईले

संसदबाट एमसीसी पास गर्ने बेला आफूहरु बाहिरिने भनेर लटरपटर कुरा नगर्न पनि दाहाललाई चेतावनी दिए। उनले एमसीसी सम्झौंता संसदमा रहेको

कूल सदस्य संख्याको स्पष्ट बहुमतबाट पारित गर्न साथ नदिए माओवादी केन्द्र सरकारबाट बाहिरिनु पर्ने र त्यसको ठाउँका अर्को पार्टी आउने दाबी समेत गरे।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले सरकारमा बसेर तर मार्ने अनि बाहिरबाहिर राष्ट्रवादी भनेर भित्रभित्र राष्ट्रघात गर्न माओवादी केन्द्रले नपाउने बताए।

उनले आफूहरु संसदबाट स्पष्ट बहुमत पुर्‍याएर सो सम्झौंता पारित गराउन लागि परेको बताए। एमसीसी मुलुकको समृद्धि र विकासका

लागि पनि नेपालले पारित गरेर जानुपर्ने भट्टराईको तर्क थियो। उनले एमसीसी पारित नभए नेपाल चीन, भारत र अमेरिकाको भूराजनीतिक चपेटामा पर्ने खतरासमेत औंल्याए।

भट्टराईले भने, ‘यो एमसीसी सहमतीबाट पछाडि हट्दाखेरी ठूलो संकट हामीसँग आईपर्दैछ। त्यसलाई राष्ट्रिय सहमती बनाएर जानुपर्छ।

यसको निम्ति अब संसदमा स्पष्ट बहुमतले पारित गर्नुपर्छ। यस्तो महत्वपूर्ण मुद्दामा १३८ भन्दा माथि पुर्‍याएर नै यसलाई पास गर्नुपर्छ।

त्यो भन्दा तल लटरपटर कर्मकाण्ड गरियो भने जनतामाथि धोका हुन्छ। त्यसो गर्न पाईदैन।’ मेरो विनम्र आग्रह छ। खासगरी मेरा पुराना मित्र प्रचण्डजीलाई।

कित तपाईले यसलाई साथ दिनोस् १३८ पुर्‍याएर पारित गर्नोस्। होइन् भने तपाई सत्तामा पनि बस्ने, तर पनि मार्ने अनि बाहिर चाँही राष्ट्रवाद भित्र चाँही राष्ट्रघात गर्न पाईदैन,’

‘पहिलो विकल्प, तपाईले साथ दिनुहोस्। होइन भने तपाई जानोस्, त्यसको ठाउँमा अर्को आउँछ। हामी बहुमत पुर्‍याएर पारित गर्छौ। हाम्रो स्पष्ट धारणा यो छ। लटरपटर कुरा हुँदैन।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय