शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

आज मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएको घोषणा गरेका कमल थापाले नयाँ पार्टी

दर्ता गरेर नेपाल कम्युनिष्ट पार्टी एमालेसंग ‘एकता’ प्रवेश गर्ने तयारी थालेका छन् ।

एकता महाधिवशेनमा राप्रपा अध्यक्षमा राजेन्द्र लिङदेनसंग पराजित भएपछि

उनले ‘निर्मल निवास’ पूर्व राजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको कारण आफु पराजित भएको भन्दै लफडा निकालेका थिए ।

उनले पटक-पटक निर्मल निवासको हस्तक्षेप बारे छानविन गर्नुपर्ने माग राख्दै आएका थिए ।

तर त्यसलाई अध्यक्ष राजेन्द्र लिङदेनले वास्था गरेनन् बरु उल्टै राजावादीको पार्टीमा

‘निर्मल निवास’ पूर्व राजा ज्ञानेन्द्र शाहको हस्तक्षेप हुनु स्वाभाविक

भएको बताएका थिए ।कमल थापाले हिजो मात्र स्थानिय निर्वाचनको घोषणा अघि नै माग सम्बोधन हुनुपर्ने नत्र नयाँ पार्टी खोल्ने चेतावनी दिएका थिए ।

अध्यक्ष हुदाँ सधै लाभ लिएर राप्रपामा आफ्नो हालिमुहाली गरिरहेका थापा अब कुनै लाभ लिन

नपाउने भएपछि पार्टीमा रहनु वा नरहनुमा कुनै भिन्नता नभएपछि पार्टी नै छाड्ने निर्णय गरेका हुन् ।उच्च स्रोतले बताए अनुसार कमल

थापाले पहिले राप्रपाबाट सकेको सम्म नेता कार्यकर्ता आफ्नो पक्षमा ल्याउने र नयाँ पार्टी दर्ता गर्ने अ

नि केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेसंग पार्टी एकता प्रवेश गर्ने तयारी थालेका छन् ।

नयाँ पार्टी दर्ता नगरि सामान्य तरिकाले एमाले पार्टी प्रवेश गर्दा आफ्नो हैसियत सामान्य नेताको मात्र हुने

भएपछि नयाँ दल दर्ता गरेर आफु पार्टी अध्यक्षको हैसियतमा पार्टी एकता प्रवेश गर्ने र आफु सुरक्षित हुन् खोजेको बुझिएको छ ।

कमल थापाले आफु अध्यक्षमा पराजित भएसंगै पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुराज्ञी हिमानी शाह

बिरुद्ध आगो ओकल्दै अब राजसंस्थाको मुद्धा बोक्ने नसक्ने भन्दै हिन्दु राष्ट्रको मात्र मुद्धा बोक्ने अभिव्यक्ति दिन थालेका थिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिन्दु राष्ट्रको पक्षमा संघियता र गणतन्त्रको पनि

बिरुद्धमा भएको आरोप लाग्दै आएको छ । त्यसैले पनि कमल थापाको बिचार केपी शर्मा ओली मिल्ने देखिन्छ ।

कमल थापालाई चिनेका र बुझेका निकट व्यक्ति भन्छन कमल थापाल अध्यक्ष भनेपछि मरिहाल्ने

व्यक्ति हुन्, बरु खाना बिना बाँच्लान तर पार्टीको अध्यक्ष बिना बाँच्न सक्दैनन् । पार्टी अध्यक्ष बिना बाँच्नै नसक्ने उनको रोग नै हो भनौ ।

source: newsparda

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय