शुक्रबार , बैसाख १४, २०८१

काठमाडौँ —

राप्रपाका पूर्व अध्यक्ष कमल थापाले नयाँ दल गठनको तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

मंसिरको अन्तिम साता भएको पार्टी महाधिवेशनमा अध्यक्षमा पराजित भएसँगै थापा असन्तुष्ट रहँदै आएका छन् ।

थापा निकट नेताहरुका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनसँग माघभित्रै कुनै

सहमति हुन नसके फागुनको पहिलो साता नै थापाले नयाँ राजनीतिक दलको घोषणा गर्ने छन् ।

‘अध्यक्षमा राजेन्द्रजीले नोमिनेसन गरेपछि दुबैजनाबीच फेस टु फेस नै भएको छैन ।

अहिले थापा कोरोना भएको कारण आइसोलेसनमा हुनुहुन्छ’ राप्रपाका पूर्व कोषाध्यक्ष उद्धव पौडेलले भने,

‘माघभित्र निर्णय भएर सुलह नभएको अवस्थामा नयाँ पार्टी बन्दा अचम्म नमाने हुन्छ ।

त्यस दिशातर्फ गईरहेको देखेको छु । मिल्न चाहने हो भने धेरै ठूला विषयहरु छैनन् ।’

पौडेल शनिबारसम्ममा थापाको आइसोलेसनका लागि तोकिएको अवधी समाप्त हुने बताउँछन् ।

पौडेल अध्यक्ष लिङ्देन र थापा दुबैसँग संवादमा रहेका छन् ।

थापा निकट कतिपय युवा नेताहरुले फागुन ७ गते प्रजातन्त्र दिवसको असर पारेर नयाँ दलको घोषणा हुने फेसबुकमा लेखेका छन् ।

थापाले पूर्व राजा ज्ञानेन्द्र शाहले महाधिवेशनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण अध्यक्षमा आफू पराजित भएको आरोप लगाउँदै आएका छन् ।

पूर्व राजाको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने र त्यस्तो अवस्थामा आगामी दिनमा

दोहोरिन नदिन पार्टीले ठोस कदम चाल्नुपर्ने माग थापाको छ । छानबिनका लागि अध्यक्ष लिङ्देन तयार छैनन् ।

त्यसैगरी अध्यक्ष लिङ्देनले केन्द्रीय समितिमा गरेको मनोनयन र जिम्मेवारी बाँडफाँट सन्तुलिन हुन नसकेको थापाको आरोप छ ।

लिङ्देन निर्वाचित भएपछि थापाले अध्यक्षलाई सम्बोधन गर्दै दुई पटक पत्र लेखिसकेका छन् ।

गत साता लेखेको पत्रमा थापाले पार्टीभित्र आफूलाई किनारामा पार्न थालिएको भन्दै त्यसले गम्भीर परिणाम ल्याउने चेतावनी दिएका थिए ।

दुबै पत्रमा थापाले पूर्व राजा र निर्मल निवासको चर्को आलोचना गरेका थिए । छानबिनको विषयलाई दोहोर्‍याएका थिए ।

‘चुनाव तोकिने, पार्टीभित्र छलफल र बहस पनि नहुने हामीले पार्टीले उठाएका मागहरुको सुनवाई र सम्बोधन

नहुने हुँदै गयो र नेतृत्व यस्तै अकर्मण्य भएर बस्दा विकल्पमा जानुपर्ने हुन्छ’

थापा निकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने, ‘नेतृत्व अकर्मण्य देखिएको छ त्यसले पार्टीलाई दुर्घटना गराउँछ कि भन्ने डर छ ।

हदैसम्मको अप्रिय निर्णय लिनसक्ने संभावना कायमै रहन्छ ।’ महाधिवेशनले पार्टीका पदाधिकारी तथा केन्द्रीय समितिमा भने थापा प्यानलबाट प्रतिस्पर्धा गरेका नेताहरुले जितेका छन् ।

‘थापाको स्वभाव आवेशमा आएर निर्णय लिने र त्यसलाई निरन्तर रुपमा बचाउ गर्ने प्रकारको छ ।

चुनावमा हस्ताक्षेप भयो भनेर बोलिहाल्नु भयो । छानबिनको विषय छाड्न गाह्रो भएको छ,’

लिङ्देन निकट एक नेताले भने, ‘छानबिन गर्ने विषय अध्यक्षले स्वीकार्नु हुन्न ।’

पौडेलकाअनुसार महाधिवेशनमा नेतृत्व चयनको विषयमा भएको हस्तक्षेपमा छानबिनसहितका अन्य विषयहरुमा दुबै पक्षको फरक फरक धारणा रहेको छ ।

हस्तक्षेप भएको विषयमा छानबिन हुनुपर्छ भन्ने थापाको प्रमुख माग रहेको छ । त्यसमा अध्यक्षले कसरी लिनुहुन्छ भन्न सक्दिन’ पौडेलले भने ।

पौडेल अध्यक्ष लिंङ्देनले पार्टी एकताको विषयमा लिने धारणाले भविष्य निर्धारण हुने बताउँछन् ।

महाधिवेशनको प्रतिस्पर्धाको विषयलाई लिएर दुबैबीच तिक्तता निकै बढेको राप्रपाका नेताहरु बताउँछन् ।

महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिएको दिनपछि लिङदेन र थापाबीच संवाद नै नभएको पौडेल बताउँछन् ।

‘अध्यक्षले रोस्पेन्स गर्ने बित्तिकै अहिलेको समस्या समाधान हुने मेरो बुझाई हो’ पौडेलले भने ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ भने थापा लिङ्देनसँग संवादमा आउन नचाहेको बताउँछन् ।

सपथग्रहण समारोह, पहिलो केन्द्रीय समितिको बैठकमा अध्यक्ष लिङ्देनले

आफैले फोन गर्नु भएको हो’ श्रेष्ठले भने, ‘थापाले संवाद गर्नै चाहनु भएन । अहिले ट्रयाक टु संवाद रहेको छ ।’

थापाले राप्रपाको नेतृत्व गर्दा लिङ्देनले विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए ।

प्रवक्ता श्रेष्ठले थापको माग पुरा गर्न पार्टी तयार नभएको संकेत गरेका छन् ।

‘थापाले लामो समय राप्रपाको नेतृत्व गर्नुभयो । राप्रपा निर्माणमा उहाँको ठूलो योगदान रहेको छ ।

चुनावको परिणाम भनेको प्राविधिक विषय हो । उहाँ अहिले पनि राप्रपाको नेता हो ।

उहाँको लामो अनुभव पार्टीलाई खाँचो छ’ । बिना सर्त पार्टीमा फर्किनु भयो भने उहाँको सम्मान यथास्थितिमा रहन्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय