शुक्रबार , बैसाख १४, २०८१

Kathmandu, Nepal

पार्टी एकता अभियानमा लागेका एमाले पूर्वउपाध्यक्ष वामदेव गौतम तत्काल नयाँ पार्टी खोल्ने वा कुनै विचार मिल्ने पार्टीमा जाने भन्ने कुनै निर्णयमा पुगेका छैनन्।

साविक नेकपा विभाजनपछि पार्टी एकता अभियानमा लागेका उनी हाल एमाले उपाध्यक्षबाट राजीनामा दिएर बसेका छन्। तर, अहिले नयाँ पार्टी खोल्न लागेको चर्चा चलेपछि गौतमको

लामो समयदेखि प्रेस सहयोगी रहेका विश्वमणि सुवेदीले गौतमले नयाँ पार्टी नखोल्ने जिकिर गरेका छन्। विचार मिल्ने पार्टीमा आबद्ध हुने अवस्था नरहेको अवस्थामा नयाँ पार्टी खोल्न सकिने गौतमको

बुझाई रहे पनि अहिले नै यसबारे निर्णयमा पुगिनसकेका हुन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा सुवेदीले यसबारे जानकारी दिँदै सकभर विचार मिल्नेसँग आबद्ध हुने प्रयास गरिने बताए।

दुई विकल्पमध्ये पहिलो विचार मिल्नेसँग आबद्ध हुने र दोस्रो विकल्पमा नयाँ पार्टी खोल्ने गौतमको तयारी छ। तर, पहिलो विकल्पमा गौतम रहेको सुवेदीले जानकारी दिए। यसर्थ गौतमले तत्काल नयाँ पार्टी खोल्ने तयारीमा छैनन्

तर एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना धेरै रहेको उनको भनाइ छ। यसबारे सुवेदीले प्रष्टाएका छन्, ‘पहिलो विकल्प, कुरा मिल्ने पार्टीसँग कुरा मिलाउन अधिकतम प्रयास गर्ने। दोस्रो विकल्प, कतै कुरा

मिलेन भनेमात्रै अर्को पार्टी गठन गर्ने। यीमध्ये अहिले उहाँ पहिलो विकल्पमै हुनुहुन्छ।’ गौतम माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (समाजवादी एकीकृत)मा आबद्ध हुने देखिन्छ। यसका लागि नेकपा (एस)ले औपचारिक

रूपमा निर्णय गरेर जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त स्वीकार गर्नुपर्ने र यसबारे निर्वाचन आयोगमा अभिलेख राख्नुपर्ने गौतमले सर्त राखेका छन्। गौतम पक्षधर भनिने केशवलाल श्रेष्ठ नेकपा (एस)को उपाध्यक्ष छन्।

यसले पनि गौतमलाई नेकपा (एस) आबद्ध हुन सहयोग हुनेछ। ‘वामदेव समूहका भनिने केशवलाल श्रेष्ठ पार्टी (नेकपा एस)को उपाध्यक्ष हुनुहुन्छ। बलराम बास्कोटा किसान महासंघको अध्यक्ष र पार्टीको स्थायी कमिटी सदस्य हुनुहुन्छ।

हरि पराजुली स्थायी कमिटी सदस्य हुनुहुन्छ। सावित्रा भुसाल पोलिटब्युरो सदस्य र बागमती प्रदेशको अध्यक्ष हुनुहुन्छ। र, हामी वामदेवका थुप्रै साथीहरू यो पार्टी (नेकपा एस)मा छौँ। उहाँमात्र आउन बाँकी हो,’ सुवेदीले भनेका छन्।

source: annapurnatimes.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय