शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं –

स्थानीय तहको निर्वाचन कहिले हुने भन्ने विषयमा सत्तरुढ गठबन्धनबीच सहमति भएको छ ।

सहमति अनुसार आगामी असोज पछि स्थानीय तहको निर्वाचन हुने भएको छ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनको

बैठकमा स्थानीय तहको निर्वाचन असोजपछि गर्ने सहमति भएको संकेत गरेका छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्तो संकेत गरेका हुन् ।

आइतबार साँझ भट्टराईले ट्विटरमा लेखेका छन्, ‘संविधानसँग बाझिएका कानुनमा सुधार गरेर स्थानीय

तहका तीन चरणको चुनावबाट गठित पूरा पालिकाहरूको कार्यकाल हुनासाथ

संविधानबमोजिम नयाँ चुनाव गराउने गठबन्धनमा सर्वसम्मत सहमति भएको छ ।’

उनले अगाडि लेखेका छन्, ‘आफ्नो आङको भैंसी नदेख्नेहरूले अरूको आङको जुम्रा देखाएर जनतामा भ्रम नछरून् !’

स्थानीय तह निर्वाचनबारे गठबन्धनले आज बालुवाटारमा कानुन व्यवसायीसँग छलफल गरेको थियो ।

कानुन व्यवसायीहरूले संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै संशोधन गर्न सुझाव लिएका छन् ।

सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरूले आइतबार कानुन सचिव, महान्याधिवक्ता र सत्तारुढ

दलहरू निकट केही कानुन व्यवसायीसँग छलफल गरेका थिए । छलफलमा उनीहरूले संविधानअनुसार

कार्यकाल सकिएको ६ महिनाभित्र स्थानीय तह निर्वाचन गर्ने गरी ऐन संशोधन गर्न सुझाव दिएका हुन् ।

गठबन्धनका नेताहरूले तीन चरणमा चुनाव भएकाले कुनलाई कार्यकाल सुरु भएको मान्ने भन्ने चासो राखेका थिए ।

अन्तिम चरणको चुनाव भएको मितिबाट कार्यकाल सुरु भएको अर्थ लाग्ने गरी ऐन संशोधन

गर्ने सम्भावना रहेको एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय