शनिबार , बैसाख १५, २०८१

काठमाडौं –

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा अबको केही दिनमै ठूलो पहिरो जाने निश्चित भएको छ ।

लामो समय माधव कुमार नेपाल क्याम्पमा रहेका तर पार्टी विभाजनताका एमालेमै

बसेकाहरुले नयाँ दल दर्ताको तयारी गरेको स्रोतले जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले व्यवहार परिवर्तन नगरेको र आफूहरुको राजनीतिक भविश्य समाप्त

हुन खोजेको निष्कर्ष निकालेका उनीहरुले नयाँ दल दर्ता गरेर नयाँ ढंगको राजनीति सुरु गर्न खोजेका हुन् ।

नयाँ पार्टीको नेतृत्वमा घनश्याम भुसाल, भीम रावललगायत नेताहरु रहनेछन् ।

नयाँ पार्टी दर्ताका लागि आवश्यक तयारीहरु भइरहेको र अबको केही दिनमै निर्वाचन आयोगमा गएर दल दर्ता गर्ने उनीहरुको तयारी छ ।

भीम रावल नेकपा एमालेको १० औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार दिए ।

तर उनी अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भए । पदाधिकारीमा पराजित भएकाहरु स्वतः केन्द्रीय सदस्य

बन्न पाउने प्रावधान रहेको भए पनि पनि रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरे ।

यस्तै नेता घनश्याम भुसाल पनि पदाधिकारीमा उम्मेदवार भएर पराजित भएका हुन् ।

उनले भने केन्द्रीय सदस्य स्वीकार गरेका छन् । केही दिनअघि घनश्याम भुसाल र भीम रावलले नेकपा एमाले छाड्न खोजेको चर्चा चुलिएको थियो ।

स्रोतका अनुसार उनीहरुले नेकपा एमाले त्यागेर नयाँ दल दर्ता गर्न लागेका हुन् ।

पार्टी विभाजन नहुँदा लामो समयसम्म नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार

नेपालको साथमा रहेका नेता रावलले केही रणनीतिसहित एमालेमा बसेका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को लोचकको रुपमा रहेका रावल नै माधव नेपालको साथ छाडेर

एमालेमै बस्नुलाई त्यतिबेला नै रहस्यको रुपमा हेरिएको थियो । नयाँ पार्टी दर्ता गर्नकै लागि

उनी एमालेका कुनै पनि कमिटीमा नबसेका एमालेकै नेताहरुको आरोप छ ।

१० औं महाधिवेशनमा आफूले एमाले अध्यक्षमा विजयी हाँसिल गरेमा माधव नेपाल नेतृत्वको

एकीकृत समाजवादीलाई पनि एमालेमै समाहित गर्ने रावलको रणनीति थियो ।

त्यसै रणनीतिअनुसार नै भीम रावललगायत नेताहरु एमालेमै बसेकासमेत चर्चा भइरहेको छ ।

पहिले माधव नेपाल क्याम्पमा रहेका सचिव योगेश भट्टराईहरुले भने भीम रावल र घनश्याम भुसालहरुलाई साथ नदिने बुझिएको छ ।

उनी केपी ओलीको समर्थनमा खुलेरै अघि बढिसकेका छन् ।

यस्तै अष्टलक्षमी शाक्यलगायत प्रभावशाली नेताहरु पनि नयाँ पार्टीमा जानेबारे निर्णय गर्न सकिरहेका छैनन् ।

यसअघि शाक्य र रावल, भुसालहरु एउटै क्याम्पमा रहेका थिए ।

Source: motivatenews.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय