मंगलबार , चैत्र ६, २०८०

नेपाली राजनिती,

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी का केन्द्रीय परिषद् सदस्य सरोज यादवले पार्टी छाडेर एमालेमै फर्किने भएका छन् ।

‘समाजवादको यात्रामा अघि बढेको पार्टी पुरानै शैलीमा चल्यो’, उनले भने, ‘म कसैलाई गाली गर्दिनँ। तर पार्टी पुरानै एजेन्डा र शैलीमा चलेपछि एकीकृत समाजवादी त्यागेको हुँ।’

उनले अब आफू एमालेमा फर्किने तयारीमा रहेको पनि जानकारी दिएका छन्। ‘एमालेमै फर्किने निर्णय लिएको छु’, उनले भने, ‘पार्टीमा जाँदा बखान गर्ने र छाड्दा गाली गर्नु ठीक होइन। म कसैप्रति पनि नकारात्मक टिप्पणी गर्ने पक्षमा छैन।’

यादव महोत्तरीको औरही नगरपालिका निवासी हुन्। उनले पार्टी नयाँ बने पनि कुनै किसिमको नयाँपन आफूले महसुस गर्न नसकेकाले एमालेमै फर्किने निर्णय लिएको बताएका छन्।

यादव २०७५ जेठ ३ गते नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकीकरणपछिको नेकपा रहुन्जेल महोत्तरी जिल्ला सचिवका रुपमा सक्रिय थिए। उनी एमालेको भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रीय सचिव पनि भएका थिए।

हिजो मात्र नेकपा एमाले बझाङ जिल्ला कमिटी सदस्य एवम् बित्थडचिर गाउँपालिका ५ का वडाध्यक्ष करवीर बोहोरासहित चार जना माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी एस मा प्रवेश गरेका थिए ।

उनीहरूलाई पार्टी केन्द्रीय सचिव एवम् शहरी विकासमन्त्री रामकुमारी झाँक्री र केन्द्रीय सदस्य मोहन गौतमले मंगलबार स्वागत गरेका थिए । यो खबर अोटीभी नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय