शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

काठमाडौ । केपी ओलीको जस्तो भिजन नेपालमा कसैसँग छैन, अब प्रचण्डले काँग्रेस कब्जा गर्छनः सुन्दरमणी दिक्षित

नेपाली काग्रेसले माओवादी केन्द्र, नेकपा एस लगायतका कम्युनिष्ट पार्टी सँग गठबन्धन गरेर सरकारको नेतृत्व गरिरहेको छ । यसै विचमा यो गठबन्धन निर्वाचन सम्मै कायम रहलाकी नरहला भनेर पनि विभिन्न चर्चा विश्लेषणहरु हुने गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा काग्रेस सँग गठबन्धन गरेर नेकपा एमाले र केपी ओलीलाई पत्तासाफ बनाउँने हुंकार पटक पटक दिएका छन् । त्यसो भएमा कसो होला भन्ने चर्चा पनि हुने गरेको छ ।

यसै विचमा नागरिक समाजका अगुवा एवं वरिष्ठ चिकित्सक डा सुन्दरमणी दिक्षितले भने काग्रेस र कम्युनिष्टको विचमा गठबन्धन गर्ने कुराका बिषयमा स्वादिलो जवाफ दिएका छन् । आउँदो चुनाव बाट पनि पत्तासाफ हुने मन छ भने माओवादी र माधव नेपाल सँग काग्रेसले गठबन्धन गरोस् भनेर दिक्षितले जवाफ दिएका छन् ।

विशेष कुराकानीमा डा दिक्षितले कोही कमजोर छ भने न अर्को सँग गठबन्धन गर्छ नभए किन गर्छरु भन्दै गठबन्धन गर्न तयार हुनुनै काग्रेसको पहिलो हार हुने बताएका छन् ।काग्रेस र कम्युनिष्ट गठबन्धन गरेर गए पनि जनताले त्यसलाई अस्विकार गर्ने भन्दै दिक्षितले त्यसको सोझो फाइदा फेरी पनि ओलीलाई नै हुने दावी गरेका छन् ।

उनले ओलीको जस्तो दुरदर्शीता कसैँसँग नरहेको उल्लेख गर्दै काँग्रेस कब्जा गर्ने रणनीतिमा प्रचण्ड लागेको समेत बताए । उनले भने विगतमा प्रचण्डको एमाले कब्जा गर्ने रणनीति थियो तुर दुरदर्शिताका अगाडी त्यो टिक्न सकेन ।

अहिले प्रचण्ड काँग्रेसलाई धुलो पिठोे बनाउने मिसनमा लागेका छन् ।एमाले र केपी ओली चुनावको लागी सिंह जस्तो भएर बसेको भन्दै डा दिक्षितले काग्रेसले माओवादी र माधव नेपाललाई बोकेर चुनावमा गए त झन् हरिबि जोग हुने ठोकुवा गरेका छन् । माधव नेपाल जस्ता पार्टी फुटुवाको पछि लागेर हिड्ने हो काग्रेसले रु भन्दै डा दिक्षितले कडा प्रश्न गरेका छन् ।

नेपाली काग्रेसका संस्थापक नेता विपी कोइराला सँगको स्मरण सेयर गर्दै डा दिक्षितले नेपाली काग्रेस कस्तो पार्टी हो भनेर सचेत गराएका छन् । २०३६ सालमा निर्दल की बहुदल भनेर भनेर भएको निर्वाचको एउटा घ टना उनले सुनाएका छन् ।

निकै मर्मस्पर्शी घ टना सुनाएका दिक्षित त्यस बखत भावुक पनि भएका थिए ।२०३६ सालको जनमत संग्रहको बेला आफु विपी कोइरालाको चिकित्सक भएको भन्दै दिक्षितले एक दिन विपीले भनेको कुरा सुनाएका छन् । यो खबर साभार गरियको हो । साभार सामाजिक सञ्जाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय