शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

काठमाडौँ –

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय परिषद् सदस्य सरोज यादवले पार्टी छाडेर एमालेमै फर्किने भएका हुन्।

‘समाजवादको यात्रामा अघि बढेको पार्टी पुरानै शैलीमा चल्यो’, उनले भने, ‘म कसैलाई गाली गर्दिनँ। तर पार्टी पुरानै एजेन्डा र शैलीमा चलेपछि एकीकृत समाजवादी त्यागेको हुँ।’

उनले अब आफू एमालेमा फर्किने तयारीमा रहेको पनि जानकारी दिएका छन्। ‘एमालेमै फर्किने निर्णय लिएको छु’, उनले भने, ‘पार्टीमा जाँदा बखान गर्ने र छाड्दा गाली गर्नु ठीक होइन। म कसैप्रति पनि नकारात्मक टिप्पणी गर्ने पक्षमा छैन।’

यादव महोत्तरीको औरही नगरपालिका निवासी हुन्। उनले पार्टी नयाँ बने पनि कुनै किसिमको नयाँपन आफूले महसुस गर्न नसकेकाले एमालेमै फर्किने निर्णय लिएको बताएका छन्।

यादव २०७५ जेठ ३ गते नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकी करण पछिको नेकपा रहुन्जेल महोत्तरी जिल्ला सचिवका रुपमा सक्रिय थिए। उनी एमालेको भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रीय सचिव पनि भएका थिए। अन्नपुर्ण टाइम्सबाट साभार गरियको खबर यस्ता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समकालिन नेपाली नेताहरुमा निकै चतुर राजनितीक खेलाडीका रुपमा चिनिन्छन् ।

उखानटुक्का सहितको भाषणमा माहिर रहेका ओली बेला बेला अनेक कारणले चर्चामा आइरहेका हुन्छन् । विरोधीलाई चोटीला शब्दवाणले प्रहार गरेर खुत्रक्कै पार्न खप्पीस ओली कलात्मक र रसिला भाषणमा पनी उत्तीकै दख्खल राख्छन् ।

कम्युनिष्ट नेता भए पनि रामायण र महाभारतका प्रशंग देखी विश्वको भगोल र इतिहासमा समेत राम्रो दख्खल राख्न सक्ने ओली देश अनुसारको भेष भने जस्तै मास अनुसारको खास अवतारमा प्रस्तुत हुन सक्ने ल्याकत राख्दछन् । कलाकार सँग कलाकै कुरा, खेलाडी सँग खेलकै कुरा त विद्धान सँग दर्शनका कुरा गहिरो सँग गर्न सक्ने क्षमता उनीमा देखिन्छ् ।

केहि समय अघि प्रधानमन्त्री पदमा रहँदै बालुवाटारमा भएको एक साँस्कृतिक साझँमा ओलीले बासुरी र सारंगी बजाएको तस्बिर निकै भाइरल भएको थियो । ओलीको कलाकारिता मोह बारे त्यस बखत निकै चर्चा पनि भएको थियो । सकारात्मक, नकारात्मक दुवै कोणबाट निकै चर्चा त्यस बेखत भएको थियो ।

ओलीको अभिव्यक्तिलाई लिएर कतिपयले उनलाई नेता भन्दा अभिनेता भएको भनेर पनि टिप्पणी गर्दछन् । कतिपय हास्यकलाकारहरुले त हामीले भन्दा ओलीले बढि हसाउँन थाले सम्म भन्ने गर्दछन् । ओलीका रसिला, चोटिला, हँसिला भाषण सुन्नैका लागी पनि दर्शक झुम्मीने चर्चा चल्ने गरेको छ ।

ओली जति रसिलो तरिकाले बोल्ने र विरोधीलाई कडा प्रहारमा खप्पीस छन् भन्ने सबैलाई थाह छ साँच्चै उनी व्यक्तिगत जीवनमा पनि त्यत्तिकै रोमान्टीक र कलाप्रेमी रहेछन् भन्ने एक तथ्य खुलासा भएको छ । झट्ट सुन्दा रमाइलो र अनौठो लाग्ने तर वास्तविक कुरो बाहिरिएको छ ।

केपी ओली आफैँ न्युरोडको पसलमा गएर गितार किन्छन् होला भन्ने सुन्दा अपत्यारिलो र अनौठो लाग्न सक्छ तर त्यो दृश्य हास्यकलाकार जितुु नेपाल आफैँले देखेका रहेछन् । एमाले अध्यक्ष ओलीलाई न्युरोडको एक वाद्यवादन पसलमा गितार किन्दै गरेको जितु नेपालले आफ्नै आँखाले देखेको बताएका छन् ।

एक टेलिभिजन अन्तर्वातामा मुन्द्रे नामले चर्चित कलाकार जितु नेपालले एमाले अध्यक्ष ओलीले न्युरोडमा गितार किन्दै गरेर आफ्नै आँखाले देखेको बताएका छन् । बाटोमा कालो सिसा भएको गाडी रोकिराखेको रहेछ गाडीमा रहेका प्रहरीले आफुलाई चिनेर बोलेको भन्दै नेपालले त्यस बेलाको दृश्य वर्णन गरेका छन् ।

नेपालले भनेका छन् ‘ओलीका सुरक्षागार्ड त्यहाँ रहेछन् उनले मलाई दखेर नमस्कार गरेर बोले अनी तपाई किन यहाँ भनेर सोध्दा अध्यक्ष ओली ज्यू गितार किन्दै हुनुहन्छ भनेर पसल देखाए म त्यस पछि पसल भित्र गएर हेरेँ ओली साँच्चै गीतार सोधेर किन्दै गरेको देखेँ म त अचम्ममा परेँ ‘।

हाँस्य कलाकार नेपालले एमाले अध्यक्ष ओली नेता सँगै राम्रो कलाकार पनि भएको बताएका छन् । ओलीमा सेन्स अफ ह्युमर निकै राम्रो भएको भन्दै उनले ओली भित्रको कलाकारिताबाट आफु निकै प्रभावित भएको पनि बताएका छन् । यो खबर मोटिभेट न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय