मंगलबार , चैत्र ६, २०८०

नेपाली राजनिती,

काठमाडौँ –

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले समयमा नै स्थानीय तहको निर्वाचन गराउन सरकारसँग माग गर्नु भएको छ ।

बुधवार काठमाडौंमा रिपोटर्स क्लबद्रारा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता पोखरेलले स्थानीय तहको निर्वाचनमा नेकपा एमाले एक्लैले ७५ प्रतिशत सिट जित्ने दाबी समेत गर्नुभयो ।

नेता पोखरेलले एमालेको लोकप्रियताबाट गठबन्धन सरकार अत्तालिएर निर्वाचन नगराउने षड्यन्त्रमा लागिपरेको आरोप समेत लगाउनु भयो । यदि गठबन्धन सरकारले स्थानीय चुनाब गराउन आलटाल गरे एमालेले रमिता हेरेर नबस्ने चेतावनी दिनुभयो ।

यो खबर सभ्य खबर मा छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अब हायात होटलमाथि छानबिन गर्ने बताएका छन्।

मन्त्री आलेले हायात होटलले स्वामित्वमा लिएको सरकारी जग्गा हिनामिना भएको भन्दै छानबिन हुने बताएका हुन्।

‘अब हायात होटलबारे छानबिन हुन्छ, म कुरा गर्ने होइन, व्यवहारमा काम गरेर देखाउँछु,’ कोभिडका कारण आइसोलेसनमा रहेका मन्त्री आलेले सेतोपाटीसँग भने, ‘यसबारे मैले आन्तरिक रूपमा छानबिन गरिसकेको छु, आइसोलेसनबाट निस्कनेवित्तिकै काम थाल्छु।’

बौद्धमा रहेको हायात होटल परियोजनामा सरकार ठगिएको भन्दै नयाँ सरकार आउनेबित्तिकै चर्चा चल्ने गरेको छ। बौद्धस्थित एक सय ५० रोपनी सरकारी जग्गामा निर्माण भएको होटलमा सरकारी सेयरको हिस्सा निरन्तर घट्दै गएको छ।

सुरूमा सरकारको ३९ प्रतिशत सेयर रहेको हायातको निजी साझेदारले ‘जालझेल गरी’ सरकारको हिस्सा अहिले ९ प्रतिशतमा झारिदिएको आरोप छ।

यसबारे छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि पटक-पटक मन्त्रिपरिषदमा प्रस्ताव लैजाने गरेको थियो।हायातमा सरकारी सेयरको हिस्सा घट्दै गयो भने केही वर्षभित्रै सरकारी सेयर शून्यमा पुग्ने स्थिति रहेको अधिकारीहरूको बुझाइ छ।

अर्कोतिर अर्बौं मूल्य पर्ने सरकारी जग्गा भने पूर्णरूपमा निजी कम्पनीको हातमा पुग्ने भन्दै यस विषयमा पुनर्विचार गर्नुपर्ने सुझाव आइरहेको छ।जोरपाटी जाने मूल सडकसँग जोडिएको हायात होटलले भोगचलन गर्दै आएको सरकारी जग्गाको मूल्य उच्च छ।

यही बहुमूल्यवान जग्गा हायात होटललाई उपलब्ध गराएबापत सरकारले पाउने सेयरको बजार मूल्य भने निरन्तर घटिरहेको छ।मन्त्री आलेले यी सबै प्रकरणबारे छानबिन हुने बताए। पाथिभरा न्युज बाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय