शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिति,

काठमाडौं-

सरकारले खोप अ’वैध’रुपमा बिक्री गर्ने र किनेर लगाउने दुवैजनालाई क’डा कारबाही गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबैधरुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने जनाएको हो।

कोभिड-१९ विरुद्धको खोप सरकारले निशुल्क उपलब्ध गराउँदै आएको छ। बजारमा लुकिछिपी बेच्न राखिएका खोपहरु नक्कली हुनसक्ने भन्दै मन्त्रालयले खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन,प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा यर्थाथ जानकारी गराउन पनि अनुरोध गरेको छ।

यस्तै सरकारले सार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्य गरेको छ । गृहमन्त्री बालकृष्ण खाँण नेतृत्वमा मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको हो ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साता संक्रमण निकै भ’याभ’ह हुने आँकलन गरेकाे छ। नेपालमा संक्रमणको तेस्रो लहर माघ महिनाको दोस्रो साता (जनवरी २४ देखि ३० तारिखसम्म) उत्कर्षमा पुग्ने मन्त्रालयकाे आँकलन छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ दोस्रो साता संक्रमणको तेस्रो लहर उत्कर्षमा पुग्ने भन्दै दैनिक संक्रमण झन्डै २० हजार पुग्ने प्रक्षेपण गरेको छ।

मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले माघको दोस्रो साता दैनिक २० हजार पुग्नसक्ने जानकारी गराएका हुन्। जसमा झन्डै १० हजार बिरामी अस्पताल भर्ना हुनसक्ने भनिएको छ।

संसद्को‍ शिक्षा तथा स्वास्थ्य समितिमा नेपालमा कोभिड-१९ को अवस्थाबारे प्रतिवेद पेस गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले माघ महिनाको दोस्रो साता दैनिक संक्रमितको संख्या २० हजार बढी हुनसक्ने बताए। उनले अस्पताल भर्ना हुने संक्रमितको संख्यामा पनि बढोत्तरी हुने आकलन गरे।

डा पौडेलको आँकलन अनुसार सो समयमा करिब १३ हजार व्यक्ति अस्पताल भर्ना हुने देखिन्छ भने त्यसमध्ये करिब ३९४ जना क्रिटिकल हुने र एक हजार बढीमा जटिल प्रकारको संक्रमण देखिने छ। यस्तै ९ हजार ८ सय ४८ मा भने सामान्य लक्षण मात्रै देखिने उनको आँकलन रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय