मंगलबार , चैत्र ६, २०८०

नेपाली राजनिति,

जनकपुरधाम ।

एक बर्षकै अन्तरालमा ४ पटक सम्म पार्टी परिवर्तन गर्ने जनकपुरका मुन्जय राउत सोमबार (आज) जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेका छन् ।

प्रदेश नम्बर २ को महोत्तरी जिल्ला बस्ने राउत एक बर्षमै ४ पटक चारवटा राजनीतिक पार्टीमा जाँदै भाग्दै गरेकोमा सोमबार जनता समाजवादी पार्टीमा प्रवेश गर्न लागेका हुन् । एक बर्षअघि नेपाल जनता दल पार्टीको धनुषा जिल्ला अध्यक्ष पद पाउँदा उनी जनता दलमा गए ।

त्यसको केही दिनपछि नेपाल सदभावना पार्टीमा गए । जनता दललाई छाडेर सदभावनामा लागेका राउतलाई एमालेले भित्र्यायो । सँसद विघटन भएको बेला उनी केपी ओली नेतृत्वको एमालेमा प्रवेश गरेका थिए । एमालेमा हुँदा राउत जनता समाजवादी पार्टीको वि’रोधमा रया’ली, जु’लुस समेत गरेका थिए ।

राउत केही महिनाअघि मात्र नेकपा माओवादीमा गएका हुन । नेकपा माओवादीमा प्रवेश गरेका राउत आज पुनः जनता समाजवादी पार्टी नेपालमा प्रवेश गर्न लागेका हुन् । राउत एक बर्षकै अन्तरालमा ४ वटा राजनीतिक पार्टीमा प्रवेश र बाहिर गरेपछि उनलाई समाजिक सँजालमा दलबदलुको सँज्ञा दिएको हो ।

उनी आज जसपामा गएपनि केही दिनपछि पुनः अर्को पार्टीमा जाने अ’डकल समाजिक सँजालमा चलेको छ । यी उही मुन्जय राउत हुन जसले मुस्कान खातुनलाई १० लाख रुपैयाँ राहत दिने घोषणा गरी फ’रार भएका थिए । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय