शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

माओवादी केन्द्रका नेता रघुनाथ लामिछाने सहित विभिन्न पार्टीमा सक्रिय हेटौंडाका नेता–कार्यकर्ताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

मंगलबार बकैया–१० को कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ती नेता–कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।पार्टी प्रवेश गर्नेहरूमा कार्यक्रममा नेकपा माओवादी र नेपाली कांग्रेसका नेताहरू छन् ।

सो कार्यक्रममा बुद्धिमान दियाली, सुमित्रा दियाली, सोमबहादुर बिक, सूर्य वाईवा, सुनमाया स्याङ्तान, गोकुल खड्कालगाएत एक दर्जन एमाले प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर सह–इन्चार्ज तथा मकवानपुर क्षेत्र नंबर १ का सांसद कृष्णप्रसाद दाहालले टीका र खादा लगाएर एमालेमा स्वागत गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरूले जनताको भविष्यका आफूहरू एमालेमा प्रवेश गरेको बताएका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै माओवादीबाट एमालेमा प्रवेश गरेका लामिछानेले आफू पुनः एमालेमा फर्किएको बताए ।

लामिछानेले पहिलेनै एमालेमा रहेको विभिन्न कारणका कारण माओवादीमा लागेको तर पछिल्लो राजनीतिक घटनाक्रम र जनताको भविष्यका लागि पुनः एमालेमै फर्किएको स्पष्ट पारेका छन् ।

गाउँको एक दर्जन भन्दा बढी समस्याको समाधानको लागि पहल गर्नुपर्ने बताउँदै उनले उक्त समस्याको पहल माओवादीबाट हुन नसक्ने निष्कर्षका साथ आफू एमालेमै फर्किएको उनको भनाइ छ ।

उनले एमाले सरकारले मात्र जनताको समस्या समाधन हुनसक्ने बताएका छन् । उनले बकैया–१० को सबै क्षेत्रमा सडक, विद्युतीकरण, स्वास्थ्य र स्तरीय शिक्षाका लागि पहल गर्न समेत ध्यानाकर्षण गराएका छन् । हाम्रो इकोनोमी बाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय