शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

काठमाडौ । नेता तथा मन्त्रीहरुमा फैलिएको को भिड सं क्रमण प्रधानमन्त्रीको सरकारी निवासमा पनि प्रवेश गरेको छ ।

प्रधानमन्त्री शेरवहादुर देउवा निवास बालुवाटारमा कोरोना भाइरस (कोभिड १९) फैलिए पछि देउवा पनि जोखिममा परेका छन् ।

उनले दुई दिन पहिला गराएको परिक्षणमा पीसीआर रिपोर्ट नेगेटिभ आएको भएपनि फेरी परिक्षण गर्नुपर्ने भएको छ । प्रधान मन्त्री कार्यालयमा कार्यरत भान्से र प्रधान मन्त्री शेरबहादुर देउवाको सुरक्षामा खटिने अधिकारीलाइ को भिड संक्रम ण पुष्टि भएको हो ।

सोमबार प्रधान मन्त्री देउवासहित सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षा अधिकारीको पीसीआर परिक्षण गर्दा कोभिड पुष्टि भएको हो । देउवा निवासमै कोभिड पुष्टि भएपछि अब फेरी देउवा खतरामा परेका छन् ।

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएपनि भान्से र सुरक्षाक र्मीमा सं क्रमण पुष्टि भएको प्रधान मन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । भान्से र सुरक्षाकर्मीमा कोभिड पुष्टि भएपछि प्रधानमन्त्री देउवाको बिहीबार पुनः पीसीआर परिक्षण गरिने छ ।

यो पनि, सत्तारुढ नेपाली कांग्रेसनिकट कर्मचारीहरुको संगठन नेपाल निजामति कर्मचारी युनियनको आठौँ महाधिवेशन आगामी माघ ८–१० सम्म हुने भएको छ। काठमाडौंमा हुन गइरहेको महाधिवेशनको सम्पूर्ण तयारी सकिएको युनियनले जनाएको छ।

महाधिवेशन अन्तरगत सम्पूर्ण जिल्ला, केन्द्रीय सचिवालय तथा विभागीय अधिवेशनहरु सम्पन्न गरेर मतदाताको नामावलीलाई अन्तिम रुप दिने काम भइरहेको युनियनले जनाएको छ।

कोरोना महामारी बढेको अवस्थामा युनियनले सरकारसँग अनुमति लिएर स्वास्थ्य मापदण्ड पालना गरि महाधिवेशन गर्न लागेको बताइएको छ। महाधिवेशन माघमा तोकिएकै समयमा गर्नै पर्ने बाध्यता भएकाले कुनै पनि हालतमा नरोकिने युनियनको भनाइ छ।

युनियनका उपमहासचिव दुर्गा फुयाँलले महाधिवेशनमा सहभागी युनियनकर्मीलाई कसरी सुरक्षित रुपमा महाधिवेशनमा सहभागी गराउने भन्ने विषयमा छललफल भइरहेको बताए। उनले सरकारसँग अनुमति लिएर महाधिवेशन तोकिएको समयमा नै गराउने बताए।

काठमाडौं उपत्यकामा संक्रमण फैलन नदिन स्थानीय प्रशासनले २५ जनाभन्दा बढी जम्मा हुन नपाउने गरी ‘स्मार्ट लकडाउन’ घोषणा गरेको छ। तर, विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाका कार्यक्रम भने रोकिएका छैनन्।सरकारले आउँदो माघ १२ गते सातै प्रदेशमा राष्ट्रियसभाको निर्वाचन गर्दै छ।

त्यस्तै इन्जिनियर्स एसोसिएसनको पनि महाधिवेशनका गर्दैछ। लामो समय रोकिएको इन्जिनियर्स एसोशियसन महाधिवेशनको मतदान माघ ७ गतेका लागि तोकिएको छ । प्रमुख प्रतिपक्षी एमाले निकट नेपाल निजामति कर्मचारी संगठनको समेत महाधिवेशन माघ १४–१६ मा हुँदै छ। साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय