शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

काठमाडौं ।

जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने बताएका छन् ।

पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको सन्दर्भमा भट्टराईले सामाकिज सञ्जालमार्फत सो कुरा बताएका हुन् ।

पृथ्वीनारायण इतिहासको आवस्यकता र आकस्मिकताका उपज भएाको डा भट्टराईको भनाइ छ । उनले भनेका छन्, ‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं !

उनी इतिहासको आवस्यकता र आकस्मिकताका उपज हुन्, कविलाई समाजको पहिले सामन्ती केन्द्रीकरण भएर नै पछि पॅूजीवाद जन्मने हो। अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं। चुरो कुरो यो हो !’ यो खबर साभार गरियको हो । यता पृथ्वीनारायण शाहको ३०० औ जन्मजयन्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहबाट सकारात्मक धारणा व्यक्त गरेका छन् । यसअघि पूर्वराजा शाहको कडा आलोचना गर्दै बोलिरहेका थापाले आज भने सकारात्मक धारणा सार्वजनिक गरेका छन् ।

उनले पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापणमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उपस्थित हुनुलाई सुनमा सुगन्ध भनेका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित रहेकोमा आलोचना गरेका छन् ।

कमल थापाले लेखेका छन्ः पृथ्वीजयन्तीको अवसरमा राष्ट्रपतिद्वारा राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गरिनु,नेपाली सेनाले सम्मान अर्पण गर्नु प्रशंसनीय छ।यो परम्परा निरन्तर कायम रहोस्।राजा ज्ञानेन्द्रको उपस्थितिले सुनमा सुगन्ध थपेको छ।आमजनताको स्वस्फूर्त सहभागिता उत्साहजनक रह्यो।प्रमको अनुपस्थिति ठिक लागेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय