शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

पूर्व प्रधान मन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्न नेकपा एमाले चाहिएको बताएका छन् ।

उनले झापाको शिवसताक्षी नगर पालिका–८ झिल झिलेमा वाटर किङडम पार्कको आज उद्घाटन गर्दै एक वर्षपछि एमालेको सरकार आउने र त्यसपछि पाँच वर्ष सत्तामा रहँदा विकास निर्माणको अहिलेसम्म नभएको लहर उनले आउँदो निर्वाचनमा जनादेशबाट एमालेको एकल बहुमतको सरकार स्थापित हुने समेत दाबी गरे ।

उनले आफू प्रधानमन्त्री भएको बेला सुरु गरिएका हजारौँ विकास निर्माणका आयोजना अहिलेको सरकारले बजेट नदिएर ठप्प तुल्याएको आरोप लगाए ।प्रदेश नं १ पर्यटकीय दृष्टिले समृद्ध रहेको चर्चा गर्दै उनले पर्यटन विकासका लागि पचासौँ करोड लगानी हुनु खुसीको विषय भएको बताए ।

कोभिडका कारणले केही समय अन्योल सिर्जना हुँदा निराश नहुन भन्दै उनले समय क्रममा पर्यटक आउने दिनको प्रतीक्षा गर्न आग्रह गरे । दुई बिघा जग्गामा फैलिएको वाटर पार्कमा स्थानीय उद्यमी राजकुमार सङ्ग्रौला र उनको परिवारको रु ५० करोड लगानी रहेको छ । यो खबर साभार गरियको हो । साभार रातोपाटीबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय