शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

अोटिभी नेपाल डटकमबाट साभार,

नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंसिर १० गते चितवनमा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्ने दिन पाँचौ लाख मानिसका अगाडी महाधिवेशन लगत्तै दशौँ हजारको संख्यामा पूर्वलडाकुहरु एमाले प्रवेश गर्ने घोषणा गरेका थिए उक्त कार्यक्रमको तयारी भइरहेको बताइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड बिचको सम्बन्ध अहिले पौष जाडो भन्दा पनि चिसो हुँदै गएको छ । एकले अर्कालाई कसले कसलाई सिध्याउँने भन्ने टार्गेट गरेको देखिन्छ ।

सरकार बाट बाहिरिए पछि नेकपा एमालेले देशभर सँगठन विस्तारको कामलाई तिव्रता दिएको छ । भर्खरै मात्रै महाधिवेशन सम्पन्न गरेर फर्किएको एमालेले देशभर नयाँ उर्जाका साथ सँगठन विस्तार र पार्टी प्रवेशको काम गर्न थालेको छ । पार्टी प्रवेश कार्यक्रमलाई एमालेले देशभर चलाउँन थालेको छ ।

माओवादी केन्द्रका कार्यकर्तालाई पहिलो प्राथमिकतामा राखेर पार्टी प्रवेश गराउँने रणनिती एमालेले बनाएको बताइएको छ । यसको सम्पुर्ण खाकाको सुुचना प्रचण्डको कान सम्म पुगिसकेको बताइएको छ । यसै विचमा हजारौँको संख्यामा पूर्व माओवादी लडाकुहरु एकैसाथ एमाले प्रवेश गर्न लागेको खबर आएको छ ।

एमाले अध्यक्ष ओलीले मंसिर १० गते नारायणी किनारमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गरेकै दिन महाधिवेशन लगत्तै दशौँ हजारको संख्यामा माओवादी पूर्व लडाकुहरु एमालेमा प्रवेश गर्न लागेको उद्घोष गरेका थिए । अध्यक्ष ओलीलेनै घोषणा गरेको कार्यक्रम अबको केहि समयमै तय हुन लागेको बताइएको छ ।

ओटीभी नेपाल डटकमले प्राप्त गरेको सुचना अनुसार निकट समयमै काठमाडौँमै भव्य कार्यक्रमको तयारी भैरहेको छ । निकै ठुलो संख्यामा पूर्व माओवादी लडाकुहरु एक साथ एमाले प्रवेश गर्नेछन् । एमाले अध्यक्ष ओलीकै हात बाट टिका लगाएर पार्टी प्रवेशको तयारी उनीहरुले गरेको बताइएको छ ।

कार्यक्रम निकै भव्य गर्ने तयारी भएकाले कहि समय रोकिएको तयारीमा लागेको स्रोतले दावी गरेको छ । यो कार्यक्रमको मुख्य संयोजन हालै मात्रै नेकपा एमालेको केन्द्रिय सदस्य बनेका दुर्गा प्रसाइले गरिरहेको बताइएको छ । प्रसाईले केहि समय अघि ओटीभी नेपाल डट कम सँगैको अन्तर्वातामा पाँच हजार भन्दा धेरै संख्यामा पूर्व माओवादी लडाकुहरु एमाले प्रवेश गर्न लागेको दाबी गरेका थिए । यो खबर ओटीभी नेपाल डट कममा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय