शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

भिडियो,

काठमाडौं, ४ पुस । नेकपा (एमाले)का नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’को राजनीति मरेको गोमन सर्प जस्तो भएको टिप्पणी गरेका छन् ।

हिजो (शनिबार) राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।

‘मरिसकेको गोमन सर्पले कहिले काहिँ पुच्छर हल्लाउछ तर, बच्चाहरु त्यहिसँग डराउछन्, त्यसैले उहाँको अभिव्यक्तिबाट कोहि मान्छे डराउलान तर, मुलभुत रुपमा नेपालको उहाँको राजनीति मरेका सर्प जस्तै भएको छ । पुच्छर हल्लेको मात्र हो, त्यो सँग कोहि पनि डराउदैन् ’ उनले भने ।

साथै, उनले संसद कहिले चल्ने भन्नेकुरा सभामुख अग्नी प्रसाद सापकोटाको हातमा रहेको बताएका छन् । उनले सभामुख सापकोटाले गम्भिर अपराध गरेको भन्दै पदबाट राजीनामा दिन वा गल्ती सच्याउन आग्रह गरे ।

उनले सभामुख सापकोटा नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को कारिन्दा भएर नेकपा (एमाले)लाई आग्रह पूर्णढंगले व्यवहार गरेको आरोप लगाए ।

‘हामीहरुले संसदमा उठेर रोष्टम घेराउँ गरिरहेको अवस्थामा पनि सभामुख सापकोटाले संसद चलाइरहनु भएको छ । उहाँले अबका दिनमा पनि यसरि नै रोष्टम घेराउ गर्दागर्दै पनि नेकपा (एमाले)लाई पेलेर, लखेटेर जाने दिवा सपना देख्नु भएको होला तर, त्यो सपना मात्र हुनेछ’ उनले भने ।

यस्तै, नेता बस्नेतले गठबन्धन सरकारको ध्यान बिग्रीएको अर्थतन्त्र सुधार्ने र देशको अर्थतन्त्रलाई माथी उठाउने नभएर नेकपा (एमाले)लाई कमजोर कसरी बनाउने भन्ने तर्फ रहेको आरोप लगाए ।
उनले नेपालको लोकतान्त्रीक आन्दोलनको निमिक्त ठूलो योगदान गरेका नेपाली काँग्रेस र नेकपा (एमाले) बिच सहकार्य हुन आवस्यक रहेको बताए ।

साथै, उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ जस्ता सडे गलेका चिजहरु बोकेर नेपालको राजनीतिलाई सुद्धिकरण गर्छु भन्ने लागेको छ भने त्यसबाट मुक्त हुन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह समेत गरे ।

नेता बस्नेतले नेपाली काँग्रेसले महाधिवेशनको पूर्णरुपमा परिणाम आएपछि ठण्डा दिमागले सोचेर मुलुकलाई नयाँ राजनीतिक कोर्समा लग्छ भन्नेमा आफु विस्वस्थ रहेको उल्लेख गरे । यो खबर रिपोटर्स नेपालमा छ , हेर्नुस यो भिडियो,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय