शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य मनोनितदेखि नेताहरुको कार्यविभा’जन समेत सन्तुलित नभएको भन्दै धेरैजसो पदाधिकारी र केन्द्रीय सदस्यहरुले आ’पत्ति जनाएका छन् ।

आइतबारको बैठकमा १० प्रतिशत केन्द्रीय सदस्य मनोनयनदेखि, स्थायी कमिटी, पोलिटब्युरो, प्रदेश इन्चार्ज र नेताहरुको कार्य विभाजनप्रति नेताहरुले असन्तु’ष्टि जनाउदै सच्याउन भनेका हुन् ।

तर, ओलीले प्रस्ताव गरेका कुनैपनि प्रस्तावहरू संशोधन नगरी पारित गरिएको छ ।

ओलीले प्रस्ताव गरेका कमिटी र कार्य वि’भाजनप्रति नेता सुवास नेम्वाङले यो बेठीक भो भनेर प्रतिवा’द गरेका थिए । त्यस्तै पृथ्वी सुव्वा गु’रुङले पनि यो ग’लत भयो सच्या’उनुपर्छ भनेका थिए ।

नेता युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पनि छलफल नगरी एकपक्षीय ढंगले प्रस्ताव पेश गरेकोमा बैठकमा अस’न्तुष्टि जनाएका थिए । त्यस्तै सुरेन्द्र पाण्डे, नेता योगेश भट्टराई,गोकर्ण विष्ट लगायतका पदाधिकारीहरुले ओलीको प्रस्तावप्रति असन्तु’ष्टि जनाएका थिए ।

नेता घनश्याम भुसालले सवै विषयमा आ’पत्ति जनाएका थिए । ‘यो घो’र अ’न्यायपूर्ण र अप’मा’नपूर्ण छ’, भुसालले बैठकमा धारणा राखेका थिए । ‘यो कुरा कुनै हालतमा पनि स्वी’कार गर्न सकिदैन, स्वी’कार गर्ने बनाउनुस्’, भुसालको भनाइ थियो ।

यति धेरै नेताहरुले प्रस्ताव संशोधन गर्न माग राखेपनि ओली’ले पुर्नविचार गर्न चासो देखाएनन् । त्यस्तै नेता झपट रावलले अध्यक्ष ओलीले १० बुँदे पक्षधरमाथि कत्लेआम गरेको प्रतिक्रिया दिए । अर्का नेता निरज आचार्यले जाजरकोटको सह इन्चार्जमा गरेको प्रस्ताव अस्वीकार गरेका छन् ।​ यो खबर पाथिभरा न्युजमा छ । यता नेकपा (एमाले) का नेता डा. भीम रावलले आगामी निर्वाचनमा देशैभर एमालेले जित्ने बताएका छन्।

आइतवार गृहजिल्ला अछामको मेल्लेख गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।‘आगामी निर्वाचनमा पनि नेकपा एमालेको जित सुनिश्चित छ,’ उनले भने, ‘अब हामीले पार्टीसंगै देश निर्माणमा समेत निरन्तरता दिनुपर्छ।’यस्तै अर्को सन्दर्भमा बोल्दै नेता रावलले आफू राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको पक्षमा आवाज उठाउदै आएको र त्यो आवाज निरन्तर रहने बताए।

महाधिवेशनबाट हारे पनि त्यो आवाजबाट आफू विचलित नभएको उनले दावी गरे। यस्तै उनले आफूले पार्टी मिलाउनका लागि १० बुदे सहमतिको खाँका तयार गरेर त्यसको कार्यान्वयनका लागि अन्तिम अवस्थासम्म लडेको बताए।

तर, शिर्ष नेताहरुकै कारण पार्टीमा फुटको अवस्था आएको उनले बताए। रावलले आगामी दिनहरुमा पनि पार्टीमा सकारात्मक तवरले र जनता साथमा रहेर काम गर्ने प्रतिवद्धता जाहेर गरे। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय