शनिबार , बैसाख १५, २०८१

नेपाली राजनिती,

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सोमबार हुने पार्टीको चुनावमा कसैले पनि जित्न नसक्ने दाबी गरेका छन् ।

कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डपमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै सभापतिका उम्मेदवार निधिले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा इतर समूहले जित्ने बताएका हुन् ।

दोस्रो चरणको चुनावमा आफू, शेखर कोइराला र प्रकाशमान सिंह एकै ठाउँमा उभिएर नयाँ नेतृत्व चयन गर्ने उनको भनाई थियो कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा नि’र्विरोध प्रस्ताव गरेको भए पार्टीको तल्लो तहमा नयाँ सन्देश जाने उनको भनाई थियो ।

देउवाको नेतृत्वमा पौडेललाई अलग्याउने कोसिस भएको निधिले उल्लेख गरे । उनले सहमतिका लागि निर्वाचन कार्यक्रम एक दुई दिन स्थगित गरेर अझै पनि पौडेलको नाममा सहमति गर्न सकिने ठाउँ रहेको बताए ।

कांग्रेस महाधिवेशनपछि सरकारको नेतृत्व परिवर्तन हुने निधिले बताए। त्यतिबेला कांग्रेसभित्रबाट वा पाँच दलको कुनै नेता प्रधानमन्त्री हुने उनको भनाई थियो । यता नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गर्नु भएको छ ।

आदिवासी जन’जाति विभा’गले काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले आफूलाई जसरी पनि जिता’उन आग्रह गर्नु भएको हो ।सभापति देउवाले सभापति हारेमा आफूलाई प्रधानमन्त्रीबाट पनि हटा’उने भएकाले जसरी पनि जिताउन आग्रह गर्नु भएको हो ।

उहाँले सभाप’तिमा हा’रेमा आफूमाथि धेरैप्रश्न उठ्ने समेत बताउनु भएको छ ।‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ ।

मलाई जिताइदिनु होला । पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन् भनेर मलाई प्रश्न गर्छन्,’ उहाँले भन्नुभयो,’ त्यही भएर मलाई सरकारबाट हटा’उन सक्छन् ।मलाई जिताइदिनु होला।’यस्तै,उहाँले कांग्रेसलाई सबैको पा’र्टी बनाएर लैजानु पर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत बताउनुभयो । साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय