शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

काठमाडौं – सत्तासीन नेपाली कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ ।

महाधिवेशनलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवाले ले दिउँसो १ बजे उद्घाटन गर्नेछन् ।

आज हुने उद्घाटनमा अन्य पार्टीका नेताहरु र भारतिय नेताहरुलाई पनि निमन्त्रणा गरिएको छ । महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि निमन्त्रणा गरिएको छ ।

लामो समयदेखि एकसाथ नदेखिएका यी तीन नेताहरु आज एउटै मञ्चमा देखिँने सम्भावना रहेको छ । महाधिवेशनमा सत्ता साझेदार पार्टीका रहेका प्रचण्ड र नेपाल पक्का नै सहभागी हुनेछन् ।

तर, एमाले अध्यक्ष ओली भने सहभागी हुने नहुने टुंगो छैन । उनी बिहिबारदेखि अस्वस्थ छन् । ओलीले भने आफू महाधिवेशनमा आउने बाचा यसअघि कांग्रेस नेता प्रकाशशरण महतलाई दिइसकेका छन् ।

तत्कालीन नेकपाको किचलो र त्यसपछिको विभाजनपछि ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका छैनन् । यदि ओली आज भृकुटीमण्डप पुगेमा प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि एउटै मञ्चमा हुनेछन् ।

महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेका छन् । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ। उद्घाटनमा भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत काठमाडौं आइसकेका छन् । यता नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नयाँ दल घोषणा गर्ने भएका छन् । उनले शुक्रबार नेपाल सुशासन पार्टी नामक नयाँ दल घोषणा गर्ने भएका हुन् ।

खरेल पछिल्लो पटक नेपाल सुशासन अभियान मार्फत भ्रष्टाचार विरोधी अभियानमा सकिैय रहेका छन् । उनले आज दिउँसो ३ बजे अनामनगरमा एक कार्यक्रम गरी नयाँ दल घोषणा गर्न लागेका हुन् ।

राजनीतिक अस्थिरता, कुशासन र भ्रष्टाचारले देश विकास हुन नसकेको खरेलको भनाई छ । उनले नेपाललाई सफल र शक्तिशाली राष्ट्रका रुपमा विकास गर्न तथा मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नयाँ दल घोषणा गर्न लागेको बताए ।


यो खबर क्यानडा नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय