शनिबार , बैसाख १५, २०८१

नेपाली राजनिती,

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् ।

उक्त सूची शनिबार राति तयार पारिएको हो । ओलीले तयार पारेको सूचीमा माओवादीबाट आएका नेताहरु समावेश हुँदा आफ्नै नेताहरूको नाम भने काटिएको छ।

माओवादीबाट एमालेमा आएका नेताहरूले महत्वपूर्ण जिम्मेवारी पाउने भएका छन्। ओलीले उपाध्यक्ष पदमा रामबहादुर थापालाई समावेश गरेका छन् ।

त्यसैगरी उपमहासचिवमा टोपबहादुर रायमाझीलाई राखिएको छ भने सचिवमा लेखराज भट्ट अटाएका छन्। उनीहरू पनि पूर्व माओवादी हुन्।

पदाधिकारीमा पूर्व माओवादीहरुले महत्वपूर्ण पद पाउँदा एमाले कै नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, भीम आचार्यलाई समेटिएका छैनन् । ओली पक्षका एक नेताका अनुसार सुरेन्द्र पाण्डेलाई संगठन विभागको जिम्मेवारी दिने आश्वासन दिइएको थियो भने अन्य नेताहरूको हकमा केही भनिएको छैनन् ।

‘अहिले केही नेतालाई आश्वासन दिइएको छ तर त्यसलाई रावल, भुसाल र ओली पक्षका केही नेता नै मान्न तयार छैनन्। त्यसकारण पनि निर्वाचनको प्रक्रिया अघि बढ्ने देखिएको छ’, एक नेताले भने।

भुसालले उपाध्यक्ष पदका लागि प्रचार थालेका थिए। यसअघि अध्यक्षमा उठ्ने घोषणा गरेका भीम रावलसँगै उनले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए। तर उनले बन्द सत्र सुरु हुनअघि आफूलाई उपाध्यक्षमा रुपमा प्रस्तुत गर्दै प्रचार थालेका हुन्।

भुसाल र रावल माधव नेपाललाई विभाजनमा साथ नदिइ एमालेमै बसेका थिए। रावलले अध्यक्ष केपी शर्मा ओलीसँग भिड्ने नै बताएका छन्। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय