शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

चितवन – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गर्नुभएको छ ।

आज शुक्रवार चितवनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा एमालेलाई समाजवादीले इतिहासको विषय बनाउने दाबी गर्नुभएको हो ।

समाजवादी पार्टीतर्फ नागरिककाे आकर्षण देखेर केही नेता आत्तिएको भन्दै अध्यक्ष नेपालले आमचुनावसम्म गठबन्धन सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभा र उपचुनावमा संयुक्त रूपमा अघि बढेर जितेर देखाउँछौँ ।’ अन्य चुनावकाे विषयमा सकारात्मक रूपमा छलफल भइरहेको उहाँको भनाइ छ ।

एक फरक प्रसङ्गमा उहाँले सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीले अग्रसरता लिनुपर्ने बताउनुभयो । पाँच दलबीच यस विषयमा छलफल भइसकेको र निर्णय पनि भएको भन्दै उहाँले प्रधानमन्त्री र राज्यका निकायसँग छलफल गरी अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘केही दिनमा समस्या समाधान हुन्छ भन्नेमा छाैँ ।’

नेकपा एमालेले अधिवेशनमा नबोलाएकोप्रति कुनै दुःख मनाउ नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयाे, ‘नबोलाएको ठाउँमा पाहुना बन्ने बानी हामीमा छैन ।’ अहिले आफू पार्टी निर्माणमा लागिरहेको उल्लेख गर्दै नेता नेपालले अब समाजवादी प्रजातान्त्रिक संस्कारअनुसार अघि बढ्ने बताउनुभयो । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय