शनिबार , बैसाख १५, २०८१

नेपाली राजनिती,

नेपाली काग्रेसका युवा नेता तथा प्रतिनिधि सभाका सदस्य गगन थापाले काग्रेस सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवा सँग रिस फेरेका छन् ।

दुई दिन अघि मात्रै नेपाली काग्रेसको केन्द्रिय कार्यसमितीको बैठकमा देउवाले थापा बोल्न खोज्दा विचमै रोकेर तपाई बढ्ता बोल्दै हुनुहुन्छ भनेका थिए । सबैका अगाडी आफ्नो अपमान भएको महसुुस गरेका थापाले भोलीपल्टै देउवालाई पैँचो तिरेका छन् ।

काग्रेस नेता थपाले अहिले नेपाली काग्रेसको नेतृत्वको सरकार भए पनि जन अपेक्षा अनुसार काम गर्न नसकेको र अहिलेको सरकारको काम गराई बाट सन्तोष मान्नु पर्ने कुनै कारण नभएको बताएका छन् ।देउवा प्रति खनिएका थापाले यो पाराले काग्रेस उँभो नलाग्ने पनि बताएका छन् ।

पछिल्लो समय निरन्तर रुपमा देउवा सरकार विरुद्ध अभिव्यक्ति दिइरहेका थापाले आगामी निर्वाचनमा काग्रेसले मओवादी केन्द्र सँग गठबन्धन गर्ने कुरा भए आफुहरुलाई स्विकार्य नहुने बताएका छन् । काग्रेस नेता थापाले माओवादी सँग सहकार्य गर्न नहुने कुरा लगातार बताउँदै आएका छन् ।

चितवनमा प्रचण्डकी छोरी बोक्दा काठमाडौँमा काग्रेस हारेको भन्दै थापाले विगत बाट सिकेर फेरी पनि माओवादी बोक्ने गल्ती काग्रेसले नगर्ने बताएका छन् । माओवादी बोक्दा काग्रेसकै मान्छेले समेत रुख चिन्हमा भोट हाल्न नमानको उनले जिकिर गरेका छन् ।

‘चितवनका काग्रेसले रुखमा भोट हाल्न नपाउँदा अन्य ठाउँमा पनि त्यसको असर पर्यो अन्य ठाउँमा रुखमा भोट हाल्न पाउँने काग्रेसले समेत रुखमा भोट हाल्न मानेनन् हामीले ठूलो मूल्य चुकाउँनु पर्यो ‘। थापाले भनेका छन् ।यो खबर otv nepal मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय