शुक्रबार , बैसाख १४, २०८१

पुरा खबर,

काठमाडौँ । निर्माण सामग्री मध्ये सबैभन्दा मुख्य मानिने गरेको छड र सिमेन्टको मूल्य अस्वभाविक रुपमा बढेको छ ।

अहिले छड र सिमेन्टको मूल्य २० प्रतिशतसम्म बढ्ने निर्माण व्यवसायी सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए ।

‘भारतमा कोइलाको मूल्य २० देखि २५ प्रतिशतसम्म बढेको छ, अफ्रिकाले उत्पादन तथा निर्यात बन्द गरेको छ,’ उनले भने, ‘अन्तराष्ट्रिय बजारमा कोइलाको कोइलाको मूख्य निर्यातकर्ता देश दक्षिण अफ्रिकालेले कोइलाको निर्यात रोक्दा मूल्यमा चाप परेको छ।’

उनका अनुसार गत वर्ष यो बेलामा १२ देखि १४ रुपैयाँ प्रतिकिलोमा कोइला प्राप्त हुने गरेकोमा अहिले ३० देखि ३४ रुपैयाँसम्म पुगिसकेको उनले बताए । अन्तर्राष्ट्रि बजारबाट कोइला आइपुग्दा कोलकाता बन्दरगाहसम्म ५० देखि ५५ डलर रहेकोमा अहिले २ सय ६० डलरसम्म पुगेको छ । यसले कोइलाको मूल्यमा ५ गुणासम्म बढेको हो ।’

‘सिमेन्ट बनाउन कोइला नभई हुँदैन,’ उनले भने, ‘डन्डी उत्पादनका लागि पनि कोइला आवश्यक छ ।’

खास गरी सिमेन्ट उद्योगहरुले क्लिङ्कर बनाउन कच्चा सामग्रीको रुपमा कोइलाको प्रयोग गर्ने गरेको छन् । तर, कोइला अन्तर्राष्ट्रिय बजारमै अभाव भएकोले मूल्य बढेको छ ।

डन्डीको मूल्य पनि अन्तर्राष्ट्रिय बजारमै दोब्बर हुन लागेको उनले बताए । भारतलगायत अन्तर्राष्ट्रिय बजारमा डन्डि उत्पादनका लागि आवश्यक स्पन्ज आइरन तथा विलेटको भाउ दोब्बर हुन लागिसकेको उनले बताए ।

अहिले नेपालमा बजारमा सिमेन्ट प्रतिबोरा ५० देखि ७० रुपैयाँसम्म बढिसकेको छ । ‘सिमेन्टको भाउ पनि घटीमा २० प्रतिशत र बढीमा २५ प्रतिशतसम्म बढ्छ,’ उनले भने, ‘मूल्य बढ्ने भन्दा पनि अन्तिश्चिता कायम रहेकोले कोइलानै आयात गर्न नपाइने हो कि भन्ने चिन्ता आम व्यवसायीमा बढेको छ ।

अबको १ महिनाभित्र सिमेन्टको मूल्य बोरामा १ सय २५ रुपैयाँसम्म बढ्ने उनको अनुमान छ । ‘संघले आफ्ना सदस्यहरुलाई बढी मूल्य नलिने आग्रह गर्दै आएका छ,’ उनले भने, ‘तर घाटा खाएर सामान बेच्न सकिँदैन । त्यसो हुँदा यो व्यवसाय गाह्रो बनिरहेको छ ।’

छडको भाउ समेत अहिले किलोमा १० देखि १५ रुपैयाँसम्म बढिसकेको छ ।नेपालमा सरकारले चालू वर्षको बजेटमार्फत देशभित्र बिलेट आइरन उत्पादन गरी छड बनाउने उद्योगलाई स्पञ्च आइरन आयातमा भन्सार तथा अन्तःशुल्क छुट दिने घोषणा गरेको थियो ।

छुटमा आयात गरिएको स्पञ्ज आइरनबाट विलेट उत्पादन गरी छड बनाउँदा प्रतिकिलो ६ रुपैयाँसम्म सस्तो पर्न जाने बताउँदै आएका थिए । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय