शनिबार , बैसाख १५, २०८१

नेपाली राजनिती,

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको मूल व्यवस्थापन समिति सहसंयोजकमा सुरेन्द्र पाण्डे तोकिएका छन् ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि एमाले स्थायी कमिटी बैठकले बिहीबार रामबहादुर थापा बादलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरेको थियो ।

शुक्रबारको स्थायी कमिटी बैठकले समितिको सहसंयोजक, सचिव र सदस्यहरु पनि तोकेको छ । सचिवमा विष्णु रिमाल रहने निर्णय भएको पार्टी सचिव प्रदीप ज्ञवालीले बताए ।

सदस्यहरुमा पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यमलाल कँडेल, राजन भट्टराई, देवी ज्ञवाली, सीता पौडेल, विनोद श्रेष्ठ, आनन्द पोखरेल, लिला गिरी, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल रहनेछन् । एक सदस्य भने पछि मनोनयन गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले दशौं राष्ट्रिय महाधिवेशनको प्रतिनिधिको योग्यताबारे पनि निर्णय गरेको छ । प्रवक्ता ज्ञवालीका अनुसार २०७७ साल चैत मसान्तसम्म सदस्य बनेको र नवीकरण गरेकाहरु प्रतिनिधि बन्न सक्नेछन् ।

एमालेले २०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेकाहरू महाधिवेशन प्रतिनिधि बन्न पाउने निर्णय गरेको छ। शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले २०७७ चैत मसान्तभित्र पार्टी सदस्य बनेका तथा नवीकरण गराएकाहरु प्रतिनिधि बन्न पाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यस्तै चितवनमा हुने महाधिवेशनको निर्वाचन प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय पनि भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय भएको ज्ञवालीले बताए । यस्तै प्रतिनिधिको मापदण्डका साथै आवश्यक थप निर्णय गर्न कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

यस्तै महाधिवेशनमा विभिन्न मुलुकका मित्र पार्टी संगठनका प्रतिनिधि र देशभित्रका राजनीतिक पार्टीलाई निमन्त्रणा गर्ने निर्णय पनि भएको छ । बैठकले १० बुँदे कार्यान्वयन अर्को स्थायी कमिटी बैठकअघि गरिसक्न प्रयास गर्ने निर्णय पनि गरेको छ।

महाधिवेशनमा विद्युतीय मतदान मेसिन प्रयोग समेत निर्णय भएको छ । त्यसको प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।महाधिवेशनबारे थप निर्णय गर्न एमालेले ११ कात्तिकमा स्थायी कमिटी बैठक र १२ कात्तिकमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय