१ कात्तिक, बुटवल ।

बाख्रामा नश्ल सुधारका लागि नवलपरासीको सुनवल नगरपालिकाले अनुदानमा दिएको झण्डै तीन लाख रुपैयाँमा किनेको बोका किसान र जनप्रतिनिधि मिलेर दशैंमा का’टेर खाएका छन् ।

अनुदानमा ल्याएको बोका का’टेर खानु सरकारी सम्प’त्तिको हि’नामिना भएको भन्दै स्थानीयले भने यसबारे छानविन गरी दो’षीहरुलाई का’रबाही गर्न माग गरेका छन् ।

सुनवल नगरपालिकाले दुई वर्ष अघि अष्ट्रेलियन बोयर जातको बोका वडा नम्बर १३ का किसानहरूका लागि स्थानीय किसान गंगाराम गैरेलाई पाल्न दिएको थियो ।

स्थानीय सरकारको ७० प्रतिशत र किसानको ३० प्रतिशत लागत रहने अनुदान कार्यक्रम अनुसार सुनवल नगरपालिकाको २ लाख ८० हजार र किसानको ७८ हजार रूपैयाँ लगानीमा बोका ल्याइएको थियो ।

त्यही बोका, दशैंमा किसान र जनप्रतिनिधि मिलेर काटेका छन् । बोका बि’रामी परेर नश्ल सुधारका लागि काम नलाग्ने भएपछि नगर प्रमुख भिमबहादुर थापा (भरत), नगर पशु शाखा प्रमुख मिश्रिप्रसाद खड्का र वडाध्यक्ष कृष्णप्रसाद देवकोटाको सहमतिमा का’टेर मासु बेचेको गंगारामले बताएका छन् । उनका अनुसार उक्त बोकाको मासु ९०० रुपैयाँ प्रतिकेजीका दरले विक्री गरिएको थियो ।

नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १३ का वडाध्यक्ष कृष्णप्रसाद देवकोटाले पनि बोका पटक–पटक बि’रामी भएपछि बोयर प्रजातिको अर्को बो’का दिने शर्तमा का’ट्न अनुमति दिएको बताए । बोका करिब ८० केजीको थियो ।

लुम्बिनी प्रदेश कृषि मन्त्रालयका पशु विकास अधिकृत हुमाकान्त पाण्डेले भने नश्ल सुधारका लागि सरकारी अनुदानमा दिइएको बोका मासु खाने प्रयोजनका लागि आफू खुशी ब’ध गर्न नपाइने बताए । ‘बोका अस्व’स्थ रहेको प्रमाणित भएको छैन,’ पाण्डेले भने, ‘यो विषयमा छानविन गरेर दो’षीलाई कार’वाही हुनु’पर्छ ।’

स्थानीय केही युवाले पनि बोका का’टेर खानेहरुलाई कारबा’ही गर्न माग गर्दै नगरपालिकाको न्यायिक समितिमा उजु’री दिएका छन् । दो’षीलाई का’रवाहीको माग गर्दै निवेदन दर्ता गरेको सुनवल नगरपालिकाका स्थानीय दीपक रानाले बताए । यो खबर अनलाइन खबरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय