शुक्रबार , बैसाख १४, २०८१

पुरा खबर,

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल र उपमहासचिव घनश्याम भुसालले आफ्नो बाटो क्लियर गरेका छन् ।

दुबै जनाले नेकपा एमालेको आगामी दशैं महाधिवेशनमा अध्यक्षका लागि उमेदवारी दिने घोषणा गरेर आगामी बाटो क्लियर गरेका हुन् ।

नवौँ महाधिवेशनबाट कडा प्रतिस्पर्धाका विच एमालेको अध्यक्ष बनेका केपी ओली दशौँ महाधिवेशनमा पनि एक कार्यकाल थप अध्यक्ष बन्ने गरी अघि बढेका छन् । उनीसँग प्रतिशपर्धाका लागि रावल र भुसालले चुनौति दिने भएका हुन् ।

ओलीसँग प्रतिष्पर्धा गरेर अध्यक्षनै बन्ने व्यक्ती नदेखिए पनि एमाले उपाध्यक्ष भिम रावल र उपमहासचिव घनश्याम भुषालले दशौँ महाधिवेशनमा आफूलाई अध्यक्षको प्रत्यासीका रुपमा उभ्याउँन थालेका छन् । अध्यक्षका सबैभन्दा बलिया प्रत्यासी महासचिव इश्वर पोखरेल भने यो दौडबाट बाहिरिएका छन् ।

एमालेउपाध्यक्ष भीम बहादुर रावल र पार्टी उपमहासचिव घनश्याम भुसालबीच पार्टी अध्यक्षका लागि घम्साघम्सी हुने देखिएको छ । भुसालले ‘जसको नीति उसकै नेतृत्व’को सिद्धान्त अनुसार मंसिरमा हुन लागेको दशौं महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने संकेत गरेका छन् भने रावल त यसअघि नै अध्यक्षमा उठ्न सक्ने भन्दैं सार्वजनिक रुपमै सिग्नल दिइसकेका छन् ।

एमालेको नवौं महाधिवेशनले आफ्नै विचारलाई अंगालेर अघि बढेको अवस्थामा भुसालले अब नेतृत्वमा पनि प्रतिस्पर्धा गर्न आफूलाई तयार पारिरहेको संकेत उनले आइतबार केही पत्रकारमाझ गरे।

असोज १५–१७ सम्म काठमाडौंमा भएको विधान महाधिवेशनपछि एमालेमा केपी शर्मा ओली नै सर्वसम्मत अध्यक्षका रुपमा अघि बढेको चर्चाबीच उपमहासचिव भुसालले पार्टीका सबै केन्द्रीय पदाधिकारीहरु नेतृत्वमा जान योग्य रहेको उल्लेख गरे।

‘हाम्रो पार्टीको विधानमा नै केन्द्रीय कमिटी पदाधिकारी भइसकेको व्यक्ति अध्यक्षको उम्मेदवार बन्न सक्ने स्पष्ट व्यवस्था छ,’ उनले अगाडि भने, ‘दशौं महाधिवेशनमा त्यही अनुसार अघि बढ्न सकिन्छ।अन्य पदाधिकारी साथीहरु पनि अध्यक्षका लागि योग्य हुनुहुन्छ। एमालेको मूल नेतृत्व लिन म आफैँ पनि योग्य छु।’

उनले पार्टीको मूल नेतृत्व अर्थात अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्न आफू पनि तयार रहेको जनाउ पत्रकारहरुलाई दिए। असोज १५–१७ सम्म भएको विधान महाधिवेशनमा एमाले अध्यक्ष ओलीले ‘जसको नीति उसको नेतृत्व’ हुने बताएका थिए।भुसालले आफ्नो नीति स्थापित गर्न अध्यक्षमा ओलीलाई टक्कर दिन सकिने उल्लेख गरे।

उनले आफूहरुले ओलीसँग आत्मसमर्पण गरेको नभइ ओली नै आफ्नो विचारमा सहमत हुने विन्दुमा आइपुगेको तर्क गरेका छन्। ‘हामीले उठाएका कुरामा केपी ओलीले हिजो बिमत्ति देखाउनु भएको थियो।

तर ती विषयमा उहाँ आज सहमत हुनुभएको छ,’ उनले भने, ‘संसद विघटन प्रकरणमा पनि उहाँ छलफलका लागि तयार हुनुभएको छ। विधान महाधिवेशनमा हामीले कुरा उठाएका थियौं।

तर त्यसबारे हरेक कमिटीमा लगेर विवादित नगरौं भन्ने कुरा हो। यीसहितका विषय पार्टीभित्र गम्भीर रूपमा राखेका छौं। संसद विघटनबारे पार्टीमा छलफल हुनेछ। ओली त्यसमा तयार हुनु भएको छ।’

विधान महाधिवेशनले पारित गरेका नीतिबारे मंसिरमा हुने महाधिवेशनमा पनि छलफल हुने तर्क उनले गरे। ‘विधान महाधिवेशनले जे निर्णय गर्छ, नेतृत्व चुन्ने महाधिवेशनमा छलफल हुन्छ भनेका हौं।

दशौं महाधिवेशनको केही कुरा अझै सकिएको छैन,’ उनले भने, ‘पार्टीलाई सैद्धान्तिक रूपमा नसच्याइ राजनीतिक मामिलामा कांग्रेस–माओवादीलाई गाली गरेर मात्रै केही हुँदैन।’

भुसालले एमालेले आँट गरेर परिवर्तन नरोजेमा समस्या हुने बताए। ‘एमाले प्रजातान्त्रिक अभ्यासबाट गुज्रिँदै आएको हो। हाम्रो सामूहिकता र संगठन प्रणाली पछिल्लो समय बिग्रेको छ। हाम्रो संगठन प्रणाली ध्वस्त हुँदैछ,’ भुसालले थपे, ‘दशौं महाधिवेशन कहाँ हुँदैछ भन्ने पनि हामीबीच छलफल भएन।

संस्थागत प्रणाली भत्किएकाले जताततै ओली मात्रै देखिए। स्ट्याचुदेखि बुख्याचासम्म ओली नै थिए विधान महाधिवेशनमा पनि। यस्तै जारी रहे एमाले अझै ठूलो संकटमा जाँदैछ।’

उनले व्यक्तिले विधि बनाएर अरु हिँड्ने कुरा गलत भएको बताए। ‘पार्टीले संस्थागत विधि बनाएर सबै हिँडौं, व्यक्तिले विधि बनाएर अरू हिँड्नु पर्छ भन्दा हाम्रो प्रणाली भत्किएको छ।

एमालेमा विवाद हुँदा हामीले चैत ४ र ५ गते गरेको राष्ट्रिय कार्यकर्ता भेलामा पनि त्यसलाई विद्रोह होइन भनियो,’ उनले भने, ‘तर त्यहाँ सहभागी केही साथीहरू विभाजन चाहन्थे। विभाजन गर्नुपर्छ भन्ने साथीहरू पनि यसमा सहमत हुनुहुन्न।’ यो खबर मोटिभेट न्युजबाट साभार गरियको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय