शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं।

माओवादी केन्द्रबाट मन्त्री बन्नेमा ५० प्रतिशत महिला रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ।

इतिहासमै सायदै कुनै एउटै पार्टीबाट झन्डै ५० प्रतिसत महिला मन्त्री बनेको यो नै पहिलो पटन हुनसक्छ ।

वर्तमान सरकारमा सहभागी हुने पछिल्ला मन्त्रीहरुको नाम टुंगो लगाउँदै पार्टीले सरकारमा सहभागी हुने मन्त्री झण्डै ५० प्रतिशत महिला रहेको बताएको हो।

पार्टीले आजको बैठकबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराजलाइ मन्त्री र बोधमाया यादवलाइ राज्यमन्त्री बनाउने निर्णय गरेको छ।माओवादी केन्द्रबाट यसअघि पनि दुइ मन्त्री सरकारमा सहभागी छन्।

माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको रुपमा सरकारमा सहभागी छन्। यता अर्को खबरमा प्रधानमन्त्री शेरबहादुर देउवाले २१ गते मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन् ।

नेकपा एस, माओवादी केन्द्र, जनता समाजवादीले मन्त्री बन्नेहरुको नाम बुझाइसकेको छ ।

यसैबीच नेकपा एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।

नेकपा एसबाट पर्यटन मन्त्रीको जिम्मा प्रेमबहादुर आलेमगरलाई तोकिने भएको छ । यसअघि वनमन्त्री बनेका आले अब पर्यटन मन्त्रीको सपथ लिदैछन् ।

आलेले हिजोको अनुभवले आफूलाई अब काम गर्न निकै सहज हुने प्रतिक्रिया दिइरहेका छन् । मुलुकको संस्कृति र पर्यटनमा आफूले डटेर काम गर्ने उनको भनाइ छ ।

मन्त्री बन्दै गरेका आलेले अबका दिनमा आफ्नो टिमलाई सशक्त बनाउने बुझिएको छ । यसअघि टिम राम्रो नहुँदा केही आलोचना समेत आलेले खेप्नुपरेको थियो ।प्रधानमन्त्री शेरबहादुर देउवाले २१ गते मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन् । नेकपा एस, माओवादी केन्द्र, जनता समाजवादीले मन्त्री बन्नेहरुको नाम बुझाइसकेको छ ।

यसैबीच नेकपा एसले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।नेकपा एसबाट पर्यटन मन्त्रीको जिम्मा प्रेमबहादुर आलेमगरलाई तोकिने भएको छ । यसअघि वनमन्त्री बनेका आले अब पर्यटन मन्त्रीको सपथ लिदैछन् ।

आलेले हिजोको अनुभवले आफूलाई अब का मगर्न निकै सहज हुने प्रतिक्रिया दिइरहेका छन् । मुलुकको संस्कृति र पर्यटनमा आफूले डटेर काम गर्ने उनको भनाइ छ ।

मन्त्री बन्दै गरेका आलेले अबका दिनमा आफ्नो टिमलाई सशक्त बनाउने बुझिएको छ । यसअघि टिम राम्रो नहुँदा केही आलोचना समेत आलेले खेप्नुपरेको थियो । यो खबर दैनिक न्युजनेपाल डटकमबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय