शनिबार , बैसाख १५, २०८१

नेपाली राजनिती,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समूहमा रहेका पूर्वमा ओवादीहरू एक हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

शुक्रवार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीति सङ्ग्रह विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले माओवादी आ’न्दोलनलाई भ्र’ष्टीकरण र विस’र्जित गर्ने षड्यन्त्र भइरहेको भन्दै अहिलेको आवश्यकता पूर्वमाओवादीहरू एक ठाउँमा उभिनुपर्ने रहेको बताउनुभयो ।

माओवादी आन्दोलनलाई विसर्जन गर्ने ष’ड्य’विरु’द्ध सबै एकजुट हुनुपर्ने उहाँले बताउनुभयो । यसका निम्ति सबैले आ–आफ्नो ठाउँबाट आ’त्मसमीक्षा गर्नुपर्ने जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले जसरी माओवादी ज’नयु’द्धलाई भ्र’ष्टीकरण गर्ने, ‘माओवादी आ’न्दोलनलाई विख’ण्डित र वि’सर्जित गर्ने षड्य’न्त्रहरू भइराखेका छन्, त्यसका वि’रुद्ध एक हुने उपायहरूको खोजी गर्नु बुद्धिमानी हुन्छ ।

अहिलेको बुद्धिमानी त्यो चाहिँ हो, अहिलेको मा’र्क्सवाद त्यही हो । हामी हिजो सँगै लडाइँ लडेका र यसलाई भ्र’ष्टीकरण गर्ने, यसलाई विख’ण्डित गर्ने, यसलाई वि’सर्जित गर्न चाहने प्रतिक्रियावादी ष’ड्य’न्त्रका विरु’द्ध एकजुट हुने आजको आवश्यकता हो ।’

अध्यक्ष प्रचण्डले प्रतिक्रि’या वादीहरूले आफूहरूलाई सखाप पार्ने षड्यन्त्र गरेकाले त्यसका वि’रुद्ध नयाँ खालको ज’नयु’द्धको खोजी गर्नुपर्ने बताउनुभयो । लाखौँ नागरिक लिएर आन्दो’लित भइ वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने उहाँले बताउनुभयो ।

सबै एक भए शासकीय स्वरूप फेर्न र वर्ग, जाति, क्षेत्र, लि’ङ्ग, समुदायको पहिचान र अधिकारलाई धेरै माथि पुर्‍याउन सकिने उहाँले उल्लेख गर्नुभयो ।

यता जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरू एकै ठाउँमा आउने कुरा भाव’नात्मक कुरामात्रै भएको टिप्पणी गर्नुभएकाे छ । आज शुक्रवार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पा’ण्डुलिपि’ गीति सङ्ग्रह विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

पूर्वमाओवादी एक ठाउँमा आउने भन्दा पनि नयाँ विचार र सङ्गठनको आवश्यकता रहेको नेता भट्टराईले उल्लेख गर्नुभयाे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने बताएपछि नेता भट्टराईले यस्ताे टिप्पणी गर्नुभएकाे हाे ।

उहाँले भन्नुभयो, ‘भावनाको हदसम्म साथीहरूले भनेको कुरा सही छ । तर त्यो भावनाले ज्ञान र विज्ञानमा पनि त परिणत गर्नुपर्‍याे । विवेकसँग ज्ञानमा पनि बदल्नुपर्‍याे । त्यो भनेको नयाँ विचार हो । नयाँ विचार सँगसँगै पार्टीको पनि नयाँ सङ्गठन, नयाँ ढाँचा हो ।

त्यसैले त्यसमा पहिले बहस छलफल गरौँ । अनि त्यसको आधारमा हामी मात्रै भएर पनि त पुग्दैन । नयाँ जनसङ्ख्या आयो, तिनलाई समेट्नुपरेन ? हामीले हिजोका मात्रै गला मिलाएर बस्छौँ भनेर हुन्छ ? सही विचार, नीति, कार्यक्रम र योजनाको आधारमा फेरि नयाँ ढङ्गले हामी अगाडि बढाैँ ।

सबै पूर्वमाओवादी एकै ठाउँ आऊ भन्ने होइन, सबै पूर्वमाओवादीहरू नयाँ ठाउँमा जाऔँ भन्नुपर्‍याे क्या । नयाँ ठाउँमा गएपछि त्यसले चाहिँ यो देशको मात्रै होइन, विश्व मानव जातिकै निम्ति योगदान गर्न सक्छ ।’

अध्यक्ष भट्टराईले केपी ओलीले गरेको प्रति’गमन परास्त भए पनि प्रति’गमनको नयाँ संस्करण आउन सक्ने बताउनुभयो । ‘अर्ली इ’लेक्शन’ को नाममा फेरि कांग्रेस र एमालेलाई अगाडि ल्याउने र माओवा’दी लगायतका मधेश जन’जाति आ’न्दोलनबाट आएको उपलब्धिलाई उल्ट्या’उने प्रयत्न भइरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष भट्टराईले अग्रगा’मी शक्तिहरू प्र’तिगमनको वि’रुद्ध एक हुनुपर्ने र आवश्यकता अनुसार चुनावी तालमेलसम्म गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । यो खबर उज्यालो अनलाइनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय