शनिबार , बैसाख १५, २०८१

नेपाली राजनीती,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिका लागि सानोतिनो सुधारले मात्रै नहुने बताएका छन् ।

बिहीबार अखिल क्रान्तिकारीको २२ औ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्ति र रुपान्तरणका लागि ठूलै छलाङ मार्नुपर्ने बताएका हुन् ।

‘समाजवादी क्रान्तिको निम्ती एउटा नयाँ रुपान्तरणको निम्ती सानोतिनो सुधारको तरिकाले हुदैन । राम्रै छलाङ हान्नुपर्ने स्थिति छ । विद्यार्थीहरुको यो सम्मेलन त्यो दिशातिर जाने पाइला हुनसक्छ’, प्रचण्डको भनाइ छ ।

उनले विचारको राजनीतिलाई विकसित गर्दै अघि बढ्नुपर्ने भन्दै उनले क्रान्तिकारीका लागि यो अन्तिम अवसर पनि हुनसक्ने बताए ।

‘हामीले आँट गर्दा, बल गर्दा परिवर्तन सम्भव छ’, प्रचण्डको भनाइ छ । उनले हामी नभएपनि अर्कोले गर्छ भनेर सन्तोष गर्ने स्थिति नभएको भन्दै अरुले गरे प्रतिक्रान्ति गर्ने र देश दुर्घटनामा पर्ने दावी गरे ।

प्रचण्डले पहिले गलत गर्नेहरुका लागि वाईसीएल आ’तंक भएको र अहिले प्रतिग’मनका पक्षपा’ती केपी ओली आ’तंक रहेको बताए । ‘अहिले त केपी ओली आ’तंक छ । जसले गणतन्त्र रोक्न पहल गर्यो त्यसको पो आतं’क छ, के यो अचम्म भयो ?’प्रचण्डको प्रश्न छ ।

उनले कमल थापा आ’तंक रहेको पनि बताए । ‘कमल थापा आ’तंक, कहाँबाट कहाँ पुगेकाहरुको आतं’क छ । अनि हामीलाई टुक्रा टु’क्रा पार्यौ भनेर उनीहरु दं’ग परेका छन्’, प्रचण्डले कटाक्ष गरे ।

उनले आलो’चकले माओवादीलाई धेरै पटक सिद्धिए भनेपनि नसिद्दिएको बताए । पोहोरमात्र पनि प्रचण्ड सिद्धिए भनेको सुनेको भन्दै उनले त्यस्तो सुन्दा दुख लाग्ने गरेको बताए ।

उनले पार्टीलाई अघि बढाउन सक्ने कोही भए आफू बसेर किताब लेख्ने भएपनि त्यसरी गर्ने कोही नभएको बताए । सोही कारण उनले एकपटक अन्तिम लडाई लड्ने पनि बताए । यो खबर रातोपाटीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय