शनिबार , बैसाख १५, २०८१

भिडियो हेर्नुस,

नायिका प्रियंका कार्की आमा बनेकी छिन् । प्रियंकाले छोरीलाई जन्म दिएकी हुन् ।

सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छिन् ।

प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् । तस्वीरमा प्रियंका र आयुष्मान देशराज जोशी खुशी देखिएका छन् ।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशीले वि.सं २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए ।पहिलो चरणको लकडाउनपछि प्रियंका गर्भवती भएकी थिइन् ।

गर्भवती भएपछि प्रियंकाले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा, आलोचना सबै भएको थियो । अनलाइन खबरबाट साभार गरियको यस्तै अर्को खबरमा बलिउडका दिग्गज तथा चर्चित अभिनेता सुनिल सेट्टीले हलिउडकी चर्चित अभिनेत्री मिसाएला कोएलको भाषणको प्रशंसा गरेका छन् ।

मिसाएला कोएलले आफ्नो सो ‘आई मे डेस्ट्रोय यु’ का लागि हालै एमी पुरस्कार जितेकी छिन् । पुरस्कार लिँदै गर्दा उनले यस्तो भाषण गरिन्; जसले संसारभरि उनको चर्चा भइरहेको छ । साथै मिसाएला कोएलको सबैले तारिफ पनि गरिरहेका छन् ।

मिसाएला कोएलाको भाषणको सुनिल सेट्टीले तारिफ गरेका छन् । साथै आफ्नो जीवनको एक खराब अनुभव पनि साझा गरेका छन् । सुनिल सेट्टी सोसल मिडियामा असाध्यै सक्रिय हुन्छन् ।

उनी आफ्ना प्रशंसकका लागि विशेष तस्बिर र भिडियो पनि प्रदर्शन गरिरहन्छिन् । सुनिल सेट्टीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा मिसाएला कोएलको एक तस्बिर प्रदर्शन गरेका छन् । यो तस्बिरमा उनको भाषणको एउटा अंश पनि लेखिएको छ ।

मिसाएला कोएलको यो तस्बिर प्रदर्शन गर्र्दै सुनिल सेट्टीले पिताको मृ’त्युपछि उनको स्वभावमा अत्य’धिक परिवर्तन आएको खुलासा गरे । सुनिलले आफ्नो पोस्टमा लेखे, ‘म पनि सधैँ यी विचारसँग सहमत थिएँ तर सन् २०१७ मा जब मैले आफ्ना पिता गुमाएँ तब म आफूले आफैँलाई खोज्नका लागि गायब भएँ ।

त्यतिबेला मैले शान्ति पाएँ, गो’पनीयतामा निकै ठूलो शक्ति हुन्छ । मलाई खुसी के लाग्छ भने मिसाएला कोएलले यति राम्रो कुरालाई आकर्षक ढङ्गले प्रस्तुत गरिदिएकी छिन् ।’

सामाजिक सञ्जालमा सुनिल सेट्टीको यो पोस्ट चर्चाको विषय बनेको छ । अभिनेताका प्रशंसक र सामाजिक सञ्जाल प्रयोगकर्ताले यसमा आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।सुनिल सेट्टी छिट्टै नै अमिताभ बच्चनको टीभी सो केबीसी १३ मा आउँदैछन् । यो कार्यक्रममा उनी अभिनेता ज्याकी श्रोफसँग देखिनेछन् । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय