शुक्रबार , बैसाख १४, २०८१

दुखद खबर,

हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निध’न भएको छ ।

उनको आज बिहान ९ बजे गीत छायांकनको सेटमा निध’न भएको कलाकार उत्तम केसीले जानकारी दिए ।

यस्तै, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले अनलाइनखबरसँग भने–‘हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा रमेशजी मोटरसाइकल नै लिएर सुटिङमा पुग्नुभएको थियो ।

छायांकन सेटमा पुगेर केही समयपछि उहाँ बे’होस हुनु भयो । बेहोस भए लगतै उहाँलाई गंगालाल हृ’दयरो’ग केन्द्रमा पुर्याइएको थियो । अस्प’ताल पुर्याइए लगतै उहाँलाई मृ’त घोषित गरिएको हो ।’

कलाकार रमेश केसीको अन्त्येष्टी प’शुपति आ’र्यघाटमा गरिदैछ । वि.सं २००९ सालमा जन्मिएका रमेशको २ छोरा, ३ छोरी र श्रीमती छन् । केसीले नाटक ‘अन्जान’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । यसपछि उनले, ‘के सक्कली के नक्कली , यमपुरीमा जि’उँदो मान्छे, क्रसमा टाँगिएको जिन्दगी, मुनामदन, पृथ्वीनारायण, मोदीआइन, एकेएन लगायतका नाटकमा अभिनय गरेका थिए ।

यस्तै, उनले ‘जे भो राम्रै भो, रहर, लोभी पापी, चङ्गा’ लगायतका चलचित्रमा अभिनय गरेका थिए । कलाकार केसीले ‘ हर्के हवल्दार, तितो सत्य, अब अती भो, च्वास्स चुस्स, आफ्नै कथा, एकादेशको चुरीफुरी, लक्ष्मी र आम्मै’ लगायतका सिरियलमा समेत काम गरेका थिए । यो खबर अनलार्इन खबरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय