काठमाडौं ।
सरकारले संविधान दिवसको अवसरमा प्रदान गर्ने विभिन्न मानपदवी र विभूषणमा प्रचण्डपत्नी सीता दाहाल पनि परेकी छन् ।
यो वर्ष मानपदवी र विभूषण हुने ९०३ जनाको लिष्टमा सीता दाहाल पनि परेकी हुन् ।
मन्त्रिपरिषदको बैठकबाट सिफारिसमा सिफारिसमा परेकी सीता दाहाललाई प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान भएको हो । सिफारिसमा परेका सबैको आजै राष्ट्रपति कार्यालयमा सम्मानको कार्यक्रम रहेको छ । यता कार्टुनिष्ट रविन सायमीले सरकारबाट विभूषण नलिने घोषणा गरेका छन् ।
संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमीलाई ‘प्रवल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको छ ।
तर उनले सामाजिक सन्जालमार्फ्त सो पदक ग्रहण नगर्ने घोषणा गरेका हुन् । सायमीले लेखेका छन्, ‘सरकारले मलाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने निर्णय गरेको रहेछ । तर हाललाई यो विभूषण ग्रहण नगर्ने निर्णय गरेको छु ।’
सायमीले अनलाइनखबरसँग भने, ‘पदक वितरण दलीय प्रभावबाट मुक्त हुन सकेन, त्यसैले मैले नलिने निर्णय गरें ।’ आफू ‘स्वतन्त्र रुपमा पत्रकारितालाई सहयोग गर्ने मान्छे’ भएकाले यो पदक लिन नसुहाउने उनले बताए । सरकारबाट वितरण हुने विभूषणले राष्ट्रियस्तरको प्रतिष्ठा कायम गर्न पनि नसकेको उनको भनाइ छ ।
सातौँ संविधान दिवसको अवसरमा सरकारले ९ सय बढीलाई विभिन्न पदबाट विभूषण गर्ने नर्णय गरेको छ । अनलाइनखबर / र न्युज २४ बाट साभार