शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

नेकपा (एमाले) का स्थायी समिति सदस्य रामबहादुर थापाले एमाले नेपालका श्रमजीवीको पार्टी भएको बताएका छन्।

नेकपा एमालेले बिहिबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले एमाले जनता र श्रमजीवीको पार्टी पार्टी भएको भन्दै यसमा सबै जनताहरूको अग्रसरता हुने बताए।

‘नेकपा एमाले, नेपाली सर्वहाराहरूको पार्टी हो, सारथी हो। श्रमजीवीको पार्टी हो,’ बागमती प्रदेशको इञ्चार्जसमेत रहेका थापाले भने।बादलले देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने दाबी गरेका छन् । उनले परमादेशमा सरकार बनेको र यसलाई प्र तिगामी कदमको रूपमा अर्थ्याए।

दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट अलग भएको भन्दै उनले एमालेले प्रतिग मन अन्त्य गरेरै छाड्ने बताए।
बादलले माधवकुमार नेपाल धेरै दिन नटिक्ने दाबीसमेत गरे। माधव नेपाल एमालेबाट अलग भएसँगै दक्षिणपन्थ पराजित भएको थापा जिकिर गरे।

‘चरम अन्तर संघ र्षबाट पुँजी वादी, द क्षिणपन्थी, बिसर्ज नवादी धारा पार्टीबाट अलग भएको छ । समाजवादी धारा दक्षि णपन्थी धारामाथि विजय गर्न सफल भएको छ। अदा लतको पर मादेशबाट षड य न्त्रपूर्वक ढंगले क म्युनिस्ट आन्दोलन को नेतृत्व विस्थापित गरिएको छ। राजनीतिक प्रगि गमन, प्रतिका न्ति गरिएको छ । यसलाई परास्त गर्नेछौं । पुन:स्थापित हुने दिशामा अघि बढ्ने छौं,’ उनले भने ।

थापाले दक्षिणपन्थीमाथि एमालेको विजय भएको पनि जिकिर गरे। ‘उनीहरूको अवस्था धेरै दिन टिक्नेवाला छैन । समाजवादी धारालाई विकसित गर्दै दक्षिणपन्थी र पुँजीपति धारविरु द्ध सदन र सडकमा संघर्ष अघि बढाउँदै विजय हासिल गर्छौं,’ उनले भने।

नेकपा एमालेको संगठन संरचना २०७५ जेठ २ मा फर्किएको बताइए पनि एमालेका अधिकांश कार्यक्रममा त्यसको ‘कार्यान्वयन’ नभएको पाइन्छ। एमाले बागमती प्रदेशको संयोजकमा अष्टलक्ष्मी शाक्य नै रहेकी छन्।

पार्टी भित्र भएको वि वाद समा धानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनलाई लैजाने भनिए पनि त्यसको पूर्ण पालना भने भएको छैन। यो खबर सेतोपाटीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय