शुक्रबार , बैसाख १४, २०८१

रामकुमारी झाँक्रीको गृहजिल्लामा रामकुमारी झाक्रीको पत्तासाफ भएको छ ।

रामकुमारी झाक्रीले माधब नेपालको नयाँ पार्टी खोल्नमा ठुलो भुमिका खेलेकी थिईन । विगतमा पनि ओलीको बि
रुद्ध खरो बालेर चर्चामा आएकी नेतृ हुन रामकुमारी झाक्री ।

अहिले उनले देश बिदेशमा चर्चा कमाएपनि उनको गृहजिल्लामा नमिठो धक्का लागेको छ । माधब नेपालको एकिकृत
समाजवादीमा कोही नजाने र आफुले जिन्दगीभर एमाले भएर बिताएको बताउदै एमाले भएरै मर्न मन लागेको एक बृद्ध्ध नेताले बताए ।

एमालेको गुट–संघर्षमा माधव नेपाल पक्षको पकड रहेको गुल्मीमा नवगठित एकीकृत समाजवादी पार्टीमा जानेको संख्या नगण्य देखिएको
छ ।सचिव गोकर्ण बिष्टले नयाँ पार्टी गठनमा माधव नेपाललाई साथ नदिएपछि सांसद र स्थानीय तहका पदाधिकारी कोही पनि समाजवादी पार्टीमा लागेनन् ।

गुल्मीका १२ स्थानीय तहमध्ये आठमा एमालेले जितेको थियो । तीमध्ये सातवटा नेपाल पक्षका र एकजना अध्यक्ष केपी ओली पक्षका
निर्वाचित हुनुभएको थियो। एमाले जिल्ला अध्यक्षसमेत रहेका छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्त मात्र ओली पक्षका एक्ला
पालिका प्रमुख हुनुहुन्थ्यो । बाँकी सात तहमा नेपाल पक्षको नेतृत्व थियो ।

पार्टी विभाजनमा उहाँहरु कोही पनि समाजवादीतर्फ लाग्नुभएन । ‘पार्टी छाडेर बलियो हुन सकिन्न, विमति भए पनि पार्टीभित्रै अन्तरसंघर्ष
गर्नु तर नयाँ पार्टीमा नजानु’ भन्ने स्थानीय मतदाताको दबाबपछि नै बिष्टले नेता नेपालको साथ छाडेको बताइन्छ । बिष्ट एमालेमै रहेपछि
समाजवादीको प्रभाव शून्य भएको स्थानीय एमालेको दाबी छ । छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले पार्टीका विवादमा
जिल्लाका नेता कार्यकर्ताहरु एकठाउँ उभिएकाले विभाजनको प्रभाव नपरेको बताउनुभयो ।

सचिवद्वय प्रदीप ज्ञवाली र बिष्ट पार्टी एकता जोगाउन लागेकाले गुल्मीमा विभाजनको प्रभाव नदेखिएको उहाँको दाबी छ । ‘रामकुमारी
झाँक्रीबाहेक एमालेबाट नयाँ पार्टीमा जाने खासै कोही छैन,’ उहाँले भन्नुभयो, ‘बरु माओवादीबाट केही नेता एमालेमा आएकाले पार्टी
बलियो भएको छ ।’ नेपाल पक्षले केही महिनाअघि देशैभरी समानान्तर कमिटीसमेत गठन गरेको थियो । गुल्मीमा नेपाल पक्षबाट
मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा जिल्ला अध्यक्ष हुनुभएको थियो ।

तर सापकोटाले पनि अहिले नेपालको साथ छाड्नुभएको छ । पार्टीभित्र अन्तरसंघर्ष रहे पनि आफू पार्टी विभाजनको पक्षमा नरहेको
उहाँले बताउनुभएको छ । पार्टी विभाजनको अन्तिम क्षणमा सचिव बिष्ट एमालेमै रहे पनि गुल्मी क्षेत्र नं २ कै नेतृ रामकुमारी झाँक्री
भने नेकपा एकीकृत समाजवादीमा लाग्नुभएको छ । निर्वाचिन आयोगमा पार्टी दर्ता देखि सनाखतसम्म अग्रपंक्तिमा देखिएकी झाँक्री
समानुपातिक सांसद हुनुहुन्छ । माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित सांसद दिनेश पन्थी एमालेमा प्रवेश गरेकाले सो क्षेत्रमा
एमालेको प्रभाव थप बलियो भएको छ । चर्चित युवा नेता भए पनि गृहजिल्लामा झाँक्रीको खासै प्रभाव देखिएको छैन । यो खबर
नाम्लो खबरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय