शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिति,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहले नेताहरुलाई बल’जफती

रिसोर्टमा लगेर राखेको आ’रोप लगाएका छन् । यो ‘अ’पहरण’कारी ज्या’दतीपूर्ण’ काम भएको उनले बताए ।

एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले एमालेका नेताहरुलाई चन्द्रगिरि डाँडामामा
लगेर बल’ज’फ्ती राखेको बताए ।

उनले भने, ‘बैठक भनेको एक लेभलको हुन्छ । कि सांसदको हुन्छ, कि स्थायी कमिटीको हुन्छ ।
सधारण सदस्यदेखि आफूलाई अध्यक्ष भनेको मान्छे समेत भएको कस्तो बैठक हो ?’

कुटपि’ट गरियो भने आफूले नभन्ने, तर घेराब’न्दी गरेर घर–घरबाट लगेर राखेको उनले बताए । ‘फका’इ–फकाइ लगेर गुलिया
बचन बोलेर,मिठै खान दिएर थुनि’एकै हो’ उनले भने, ‘चाहे सुनकै पिंजा’डामा होस्, चाहे भव्य रिसोर्टमा होस् ।’

यस्तै अर्को खबरमा नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले ठूलो जिम्मेवारी पाएका छन् । उनलाई माओवादीले
पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको हो ।सभामुखबाट पदमुक्त भएपछि पेण्डुलम जस्तै बनेका महराले झण्डै दुई बर्षपछि
महत्वपूर्ण जिम्मेवारी पाएका हुन् ।

पार्टीमा प्रभावकारी भूमिका नपाएका उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताकोजिम्मेवारी दिएको हो ।यस
अघिप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका नारायणकाजी श्रेष्ठलाई भने पार्टीको प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ ।
यस्तै संगठनविभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले पाएका छन् ।शर्मा यसअघि कर्णाली प्रदेशको इन्चार्ज रहेका थिए ।

यस्तै राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा वर्षमान पुनलाई प्रदान गरिएको छ । साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय