शुक्रबार , बैसाख १४, २०८१

काठमाडौ ।

नेपाली राजनीतिमा अर्को झड्काको संकेत मिलेको छ ।

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकठाउँ भएका छन् ।

उनीहरुबीच राजनीतिक सहकार्यका विषयमा भेटवार्ता भएको बुझिएको छ ।

महासचिव विप्लव बिहीबार बिहान अर्का नेता धर्मेन्द्र वास्तोलासहित नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ ।

विप्लवले कोटेश्वरमा प्रचण्डसहित नेता नेपालसँग छलफल गरेका हुन् ।

यसअघि विप्लवले प्रचण्ड निवास नै पुगेर प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्य स्थिती बुझेका थिए ।

त्यो बेला उनको प्रचण्डसँग भेटवार्ता भएको बुझिएको छ । त्यही वार्तापछि माधव नेपालसँगपनि एकसाथ भेटवार्ता गरेर राजनीतिक सहकार्य र अहिलेको पस्थिती बारे जानकारी राख्न दुबै नेता सहमत भएका थिए ।

सोही सहमति बमोजिम दुबै नेता माधव निवास पुगे ।

माधव–विप्लव भेटका क्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको पनि उपस्थित भएको उनको सचिवालयले पुष्टि गरेको छ ।

महासचिव विप्लवले बुधबार प्रचण्डसँग मात्रै उनकै निवासमा भेटवार्ता गरेका थिए ।

प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।

धेरैको चासो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा विप्लवलाई मुलधारको राजनीतिमा ल्याएकाले उनैसँग राजनीतिक सहकार्य गर्न सक्ने आँकलन गरिएको थियो ।

त्यो बेलासम्म विप्लव चुपचाप बसे । जब ओली बाहिरिए त्यसपछि विप्लव अरु शक्तिसँग सहकार्यमा रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय