शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं,

सत्ताबाट हटेपछि शक्ति घट्छ र शक्ति घटेपछि आफ्ना भनिएकाले पनि धमाधम छाड्छन् भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सन्दर्भमा पनि मिल्न थालेको छ ।

उनले मन्त्री बनाएकाहरु नै छाडेर माधव नेपालको गुटमा जाने तयारीमा लागेका छन् ।

ओली सरकारमा मन्त्री भएका चार सांसदहरु गुट परिवर्तनका लागि खुट्टा उचालेर बसिसकेका छन् ।

उनीहरुले त्यसका लागि बार्गेनिङ्ग नै शुरु गरिसकेका छन् । यसरी गुट नै त्याग्ने प्रस्ताव लिएर बढेकामा प्रेम आले पनि छन् । उनी ओली सरकारमा वनमन्त्री भएका थिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाए माधव नेपाल गुटमा जाने गरी पूर्वमन्त्रीहरुले तयारी थालेका छन् । यसका लागि उनीहरुले कुराकानी समेत बढाएको बुझिएको छ ।

गुट परिवर्तनका लागि तयार भएका कतिपय ओलीनिकट सांसदहरुले मन्त्री पद मागेका छन् ।

देउवाले विश्वासको मत पाउनका लागि भएपनि माधव नेपाल पक्षबाट धेरै भन्दा धेरै सांसदलाई मन्त्री बनाउनुपर्ने अवस्था बनेको छ । यसकारण पनि यसपटक काँग्रेसबाट भन्दा पनि नेपाल पक्षबाट बढी मन्त्री बन्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय