बुधबार , भाद्र १, २०७९

भनाई नै छ माया र राजनितिमा हरेक कुरा जायज हुन्छन् । यस्तै घटना थाइल्यान्डमा भएको छ । थाइल्यान्डकी ३६ वर्षीया महिलाले बदला लिनको लागि आफ्नो पुरानो प्रेमीको २३ लाख रुपैयाँ बराबरको मोटरसाइकलमा आगो लगाइदिएकी छिन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

ती प्रेमिले प्रेम सम्बन्ध अगाडी बढाउन नचाहेपछि महिलाले रिसको झोकमा आगो लगाइदिएको एजेन्सीले जनाएको छ । वास्तवमा ति महिला प्रेमीसँग बदला लिनको लागि उनले काम गर्ने स्थान बैंककको श्रीनाखारिनविरोट विश्वविद्यालय पुगेकी हुन् ।

त्यहाँ पुगेर महिलाले पार्किङमा राखेको करीब २३ लाख रुपैयाँको बाइकमा केही नसोची आगो लगाइदिएकी थिइन् ।

आगोबाट मानविय क्षति नभएपनि बाइकको वरिपरि भएका ६ वटा सवारी साधनमा भने क्षति पुगेको छ । घटनाको जानकारी पछि दमकल आएर आगो निभाएको थियो । यो घटना सिसिटिभिमा कैद भएकोले युट्युबमा राखिएको छ । भिडियो भाइरल भइरहेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय