शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राखेको ६ बुँदे राजाको फरमान जस्तै भएको बरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।

अनेरास्ववियूले गरेको भर्चुअल अन्तरक्रियामा नेता खनालले पार्टी एकताको असल मनसायले प्रस्ताव नआएको बताए ।

ओलीकै कारण मुलुक र कम्युनिष्ट आन्दोलन संकटमा परेको उनले बताए ।

‘वामपन्थी र लोकतान्त्रिक सहकार्य तोडेर दक्षिणपन्थी बाटोमा केपी ओली हिडेका छन्’, नेता खनालले भने । यो विदेशीको गोटीका रुपमा सरकार बनेको नेता खनालले बताए ।

७ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ

काठमाडौं । मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय